बर्दिबास, असार १७ – राष्ट्रिय सहकारी बैंक लिमिटेडले आ.व. २०८०र८१ मा उत्कृष्ट कारोबार गरेका सहकारी संस्थाहरुलाई आज बर्दिबास, महोत्तरीमा आयोजित प्रदेश स्तरीय कार्यक्रम मार्फत सम्मानित गरेको छ।

सिन्धुलीश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कमलामाई–६, सिन्धुलीलाई शाखा स्तरीय नियमित कारोबार विधामा र कमलामाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कमलामाई–९, ढुङ्रेबास, सिन्धुलीलाई उत्कृष्ट कारोबार विधामा कदर–पत्र प्रदान गरी सम्मान गरिएको हो।

यसअघि, राष्ट्रिय सहकारी बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न हुँदा उक्त दुई संस्थालाई सम्मानका लागि छनोट गरिएको घोषणा गरिएको थियो। घोषणाअनुसार औपचारिक रुपमा सम्मान भने आज सम्पन्न प्रदेशस्तरीय कार्यक्रममा गरिएको हो।

राष्ट्रिय सहकारी बैंकले प्रत्येक वर्ष आर्थिक पारदर्शिता, कारोबारको नियमितता, र व्यावसायिक अनुशासनका आधारमा देशभरका सहकारी संस्थाहरुबाट उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई छनोट गरी सम्मान गर्दै आएको छ।
सम्मानित संस्थाका प्रतिनिधिहरुले यो सम्मानले संस्थाको उत्तरदायित्व र सेवा भावनामा अझ मजबुती आउने विश्वास व्यक्त गरेका छन्।

