सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ का एकै घरपरिवारका १६ जना रहस्यमय तरिकाले सम्पर्क विहिन भएका छन् । विगत ४ दिन देखि गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पा नजिक भण्डास विप्पर कटेरीमा बसोबास गर्दै आएका ५२ वर्षीय उर्मिला हायू सहित उनको घरपरिवारका १६ जना सदस्य रहस्यमय तरिकाले सम्पर्क विहिन भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सूवेदीले जानकारी दिनुभयो ।

एकान्तमा भए पनि १६ जनाको सदस्यले सधै चहलपहल देखिने उक्त घर केहिदिन बाट एकाएक शुन्य भएको देखि हायूको घरपरिवारबाट १५ मिनेटको दूरीमा रहेका छिमेकी अवस्था बुझ्न गएका थिए । घरमा पुग्दा बस्तुभाउ पशुपंक्षि त्यतिकै कराईरहेको र भान्छाघर जलेको, बाटिमा राखिएको सुँगुरको मासु गन्हाएको साथै घरको ढोका पनि बन्द रहेको दृश्य देख्ना साथ छिमेकीले तत्कालै स्थानिय जनप्रतिनिधी र प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुना साथ प्रहरीहरुको टोली गई उक्त परिवारको बारेमा सम्भावित ठाउँमा बुझ्न तथा खोजी गर्न सुरु गरेका थिए । एकासि देखिएको यस घटनाले अहिले जिल्ला मात्रै नभई देशलाई नै सोच्न बाध्य बनाएको छ ।

स्थानियका अनुसार अल्पसंख्यक र लोमन्मुख जाती भएको हुदाँ केहिदिन अघि नै हायूपरिवारले खुर्कोटको एक बैंकबाट भत्ता पनि बुझिलिएको थिए । हायुपरिवारमा आमा ५२ वर्षीय उर्मिला हायू, छोरीहरु २७ वर्षीय कमला हायू, २२ वर्षीय उषा हायू, १९ वर्षीय सुजता हायू, १८ वर्षीय अस्मिता हायू, १२ वर्षीय शान्ता हायू, १० वर्षीय ओमकुमारी हायू, छोराहरु २९ वर्षीय राजू हायू, २४ वर्षीय हिमाल हायू, १६ वर्षीय लालबहादुर हायू, १४ वर्षीय वेग बहादुर हायू, ११ वर्षीय लक्की हायू, १२ वर्षी सुवर्ण हायू, बुहारी २३ वर्षीय कोमल माया हायू, नाति नातिनी १ वर्षीय अर्जुन हायू र ४ वर्षीय रियासा हायू बसोबास गर्दै आईरहेका थिए । बेपत्ता उर्मिला हायुको श्रीमान् सने हायू भने ३ वर्ष अघि अचानक बेपत्ता भएका र त्यसको केहि समयको अन्तराल पश्चात् जंगलमा अवशेष रहेका हाडखोड भेटिएको स्थानियले खुलासा गरेका छन् ।

अहिले हायू परिवारलाई खोज्नको लागिलागि प्रहरी सबै मापदण्ड अपनाई रहेको छ । सम्पर्क विहिन भएका हायू परिवारको अन्तिम लोकेसन भने रामेछापको सिमन्दीछापमा देखिएको प्रहरीले जानकारी दिएको छ । हाल प्रहरी, जनप्रतिनिधी, स्थानिय लगायत सबै मार्फत हायूपरिवारको खोजिकार्यको लागि आ–आफ्नो ठाउँबाट पहल भईरहेको छ ।