सिन्धुली – सिन्धुलीमा योद्दा गाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शुक्रबार राती १२ ः ५० को समयमा बीपि राजमार्ग अन्तर्गत जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ६ शितलपाटीमा काठमाण्डौबाट बर्दिबासतर्फ आउदै गरेको बा प्र ०१–०२४ च ९९१३ नम्बरको योद्दा पिकअप गाडी सडकबाट ५ सय मिटर तल खोचमा खस्न गई दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ का धर्मराज रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार निजलाई दुर्घटना पश्चात् उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा ल्याई चेकजाँच गर्ने क्रममा उक्त अस्पतालको चिकित्सकले ३ः४५ बजेको मृत घोषणा गरेका थिए । हाल शवलाई पोस्टमार्टमको लागि सिन्धुली अस्पताल ल्याईएको छ ।

त्यस्तै दुर्घटनामा परि घाईते हुनेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ का चालक निरज रेग्मी रहेका छन् । चालक रेग्मीलाई थप उपचारका लागि हाल धुलिखेल अस्पताल रिफर गरिएको डिएसपी सूवेदीले बताउनुभयो । सूवेदीका अनुसार दुर्घटनामा परी मृत्यु हुने धर्मराज रेग्मी र घाईते हुने चालक निरज रेग्मी दाजूभाई थिए ।

