Tuesday, November 4, 2025

बेवारिसे शव फेला


सिन्धुली – सिन्धुलीमा एक बेवारिसे शव फेला परेको छ । जिल्ला को दुधौली नगरपालिका वडा नम्बर २ गागन बजारमा नामथर वतन नखुलेको भारतीय मुलुकका जस्तो देखिने अन्दाजी ५५ देखि ६० वर्षीय एक पुरुषको शव बेवारिसे शव फेला अवस्थामा फेला परेको डिएसपी सूर्यप्रकाश सुवेदीले बताउनुभयो ।

सुवेदीका अनुसार हाल शव मुचुल्का पश्चात् पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याईएको छ । निजको साथमा पहिचान खुल्ने कागजात केही नभएको हुदाँ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट शवको पहिचान खुलाउन आवश्यक अनुसन्धान तथा पहल भईरहेको प्रहरीले जनाएको छ ।

साथै सबै स्थानिय, सञ्चारकर्मी तथा सम्पूर्ण जिल्लाबासिहरुलाई सामाजिक सञ्जाल मार्फत सेयर गरि निजको आफ्ना आफन्त सम्म पु¥याउन सहयोग गरिदिन समेत आग्रह गरिएको छ ।

Hot Topics

Related Articles