सिन्धुली – जिल्ला खेलकुद विकास समिति सिन्धुलीले १५ औँ बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा सिन्धुली जिल्लाबाट विभिन्न विधाका खेलहरुमा सहभागि भई सफल भएका खेलाडीहरुलाई आज सम्मान गरेको छ । समितीले जेठ १७ गते देखि १९ गते सम्म दोलखाको चरिकोटमा सञ्चालन भएको बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाको नेतृत्व गरेर विधागत प्रतिस्पर्धामा भाग लिई विभिन्न स्थानमा सफलता हासिल गरेका खेलाडीहरुलाई मंगलबार एक कार्यक्रमका विच बधाई दिदै सम्मान गरेको हो ।

बधाई तथा सम्मान कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष वीर बहादुर थिङ तामाङको अध्यक्षता तथा जिल्ला सम्मन्वय समिती सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यता रहेको थियो । ३ दिन सम्म सञ्चालन भएको प्रतियोगितामा कराते, तेक्वान्दो, कवड्डी, एथलेटिक्स र भलिबल खेल रहेको थियो ।

जस अन्तर्गत सिन्धुलीले भलिबल खेलमा पुरुष तर्फ दोस्रो र महिला तर्फ तेस्रो स्थान हासिल गर्न सफल भएको छ । यसैगरी एथलेटिक्सक अन्तर्गत हाइजम्पमा पुरुष तर्फ दोस्रो, ज्याभलिङ थ्रोमा महिला तर्फ तेस्रो र सट्फुटमा पुरुष तर्फ तेस्रो स्थान ल्याई तिन वटा मेडल प्राप्त गर्न सफल भएको छ । उसु खेल तर्फ जिल्लाले एउटा गोल मेडल र तेस्रो स्थान प्राप्त गरेको छ ।
कराते खेल अन्तर्गत महिला तर्फ एकल कातामा दोस्रो भएको छ भने ६० के.जि.मा तेस्रो र ४५ के.जि.मा दोस्रो भएको छ । साथै तेक्वान्दो ४८ के.जि.मा सिन्धुलीले दोस्रो स्थान हासिल गर्न सफल भएको जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष वीर बहादुर थिङ तामाङले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष तामाङले यस नतिजा सन्तुष्टजनक नभएको बताउनु हुदैँ आगामी वर्ष आवश्यक अभ्यासका साथै व्यवस्थित भएर प्रगतिमुलक एवम् सन्तुष्टजनक नतिजा प्राप्त गर्न लागी पर्ने बताउनुभयो । उहाँले जिल्लाको खेलाडीहरुको क्षमता अभिवृद्धि गराउन तथा खेलकुद क्षेत्रलाई विकास गर्न आवश्यक साथ सहयोगको लागि सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउने बताउनुभयो ।

बागमती प्रदेशद्धारा आयोजित बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस अघि सञ्चालन भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेता खेलाडीहरुको मात्रै सहभागिता रहेको थियो ।