सिन्धुली – सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ आजबाट सुरु भएको छ । जिल्लाको कमलामाई नगरपालिका ६ लोकतान्त्रिक चोकमा जेठ २१ गतेदेखि बाईक एक्सचेन्ज मेला सुरु भएको हो ।

यस मेलामा शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज सहित आर्कषक छुटहरु रहेको मेलाको आयोजक कम्पनीले जनाएको छ । जेठ २७ गतेसम्म सञ्चालन हुने यस एक्सचेन्ज मेलामा विशेष र अनुभवी भ्यालुएटर द्धारा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गरि एक्सचेन्ज गरिने छ । साथै कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन पनि ग्राहकहरुलाई उपलब्ध गराइने छ ।

मोटरसाइकल खरिद गर्दा हुने घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको व्यवस्था गर्नु पर्ने जस्ता झन्झटिलो प्रक्रियालाई पूर्ण रुपमा हटाई एक्सचेन्ज सेवा सञ्चालन गरिएको बजाज सिन्धुलीका प्रोप्राइटर हरि रोकाहाले जानकरीले दिनुभयो । त्यस्तै किस्ताबन्दीमा बाइक किन्न चाहने ग्राहकहरुले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्स मार्फत यस सुविधा प्राप्त गर्न सक्ने छन् ।

मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्ने आयोजक कम्पनीले बताएको छ । साथै आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कर पनि ग्राहकहरुले यस मेलामा किन्ने मोटरसाईकलमा प्राप्त गर्न सकिने छ । बाहिर भन्दा यस एक्सचेन्स मेलामा बाइक लिन धेरै सहज भएको ग्राहकहरुले बताएका छन् । ग्राहकहरुले बजाज आफैमा पनि एक राम्रो कम्पनी भएको हुदाँ यस कम्पनी मार्फत यति सौलियत र सहज तरिकामा मेला मार्फत बाइक खरिद तथा एक्सचेन्ज गर्न सकिने भएको हुदाँ खुशी व्यक्त गरेका छन् ।

कमलामाई नगरपालिका अगाडी सञ्चालन हुने बजाज ग्रान्ड एक्सचेन्ज मेला हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. को नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो ।