सिन्धुली – सिन्धुलीमा चट्याङ लागेर दुई जना घाईते भएका छन् । बिहिबार ४ बजेको समयमा जिल्लाको मरिण गाउँपालिका वडा नम्बर २ सामरी बेसारडाँडामा आफ्नै गोठमा काम गरिरहेको बेला चट्याङ लागेर दुई जना घाईते भएका हुन् ।

घाईते हुनेमा बेसारडाँडा बस्ने शोभा सिँह जिम्बाको श्रीमति ४२ वर्षीय फुलमाया जिम्बा र १० वर्षीय छोरी साङ्ग्री माया जिम्बा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार फुलमाया जिम्बाको दुबै खुट्टा र शरीरको बिभिन्न भागमा चोट लागी हल्का मात्रै बोल्न सक्ने अबस्था रहेका छ भने साङ्ग्री माया जिम्बाको भन्ने हिँडडुल गर्न सक्ने सामान्य अबस्था रहेको छ ।

घाईते आमा छोरीको प्राथामिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार गराई थप उपचारको लागि हाल जिल्ला अस्पताल सिन्धुलीमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।