सिन्धुली – एक दिने शटल शिक्षक तालिम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । जिल्ला ब्याडमिन्टन संघ सिन्धुलिको आयोजनामा मंगलबार कमलामाई नगरपालिका वडा नम्बर ६ सिंचाइटोलमा रहेको कभर्डहलमा उक्त तालिम सम्पन्न भएको हो ।

तालिममा जिल्ला भित्रका २० वटा बिद्यालयका २६ जना शिक्षक र २१ जना विद्यार्थीको सहभागीता रहेको थियो । तालिमको उद्धघाटन कमलामाई नगरपालिका ६ नम्बर वडाका वडाध्यक्ष उज्ज्वल थापाले गर्नुभएको हो ।

तालिममा ब्याडमिन्टन संघका अध्यक्ष दीपेन्द्र धोज बस्नेतले ब्याडमिन्टन खेल्ने तरिका तथा नियम बारे प्रशिक्षण गराउनुभएको थियो । तालिम सम्पन्न भए संगै सहभागी बिद्यार्थीहरुलाई ब्याडमिन्टन लगायतका अन्य खेल्कुद सामग्री समेत वितरण गरिएको छ ।

कार्यक्रमको सहजीकरण सुनिल बराहि ले गर्नुभएको थियो ।