सिन्धुली– हिँडिरहेको अवस्थामा लडि सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । सोमबार १२ः४० को समयमा जिल्लाको मरिण गाउँपालिका वडा नम्बर २ मुङ्ग्रे दोभानका ४९ वर्षीय देब कुमार घलानको बाटोमा हिँडिरहेको अवस्थामा जखनीखोलाको किनारमा लडिमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवदीले जानकारी दिनुभयो ।

सुवदीका अनुसार घलानलाई घाइते अवस्थामा देख्न साथ निजको आफन्तहरुले कपिलाकोट प्राथामिक स्वास्थ्य केन्द्र मरिणमा उपचारको लागि पु¥याएका थिए । तर करिब १ः३० बजेको समयमा घलानको उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

हाल ईलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक बेनु कार्कीको कमाण्डमा मुचुल्का सहितको टोली खटि गई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार घलानले लामो समय देखि छारे रोगको औषधी सेवन गर्दै आइरहेको थिए ।

