Wednesday, October 15, 2025

हरिहरपुरगढीमा बालविवाह रोकथामका लागि कानुनी अनुशिक्षण र सरोकारवालाको भूमिका बारे अन्तरक्रिया

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा बालविवाह रोकथामका लागि कानुनी अनुशिक्षण र सरोकारवालाको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । सोमबार गाउँपालिकाको वडा नम्बर ३ मा बालविवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम अन्तर्गत उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

हरिहरपुरगढी गाउँपालिकाको ८ वटै वडामा सञ्चालन गरिने यस बालविवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रमको सुरुवात भने ३ नम्बर वडाबाट गरिएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाको ३ नम्बर वडा अध्यक्ष कुल बहादुर भोलनको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रमको उद्धघाटन प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराको प्रमुख आतिथ्यतामा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराले बालविवाहले बालबालिकाको शारिरिक, मानसिक तथा संवेगात्मक रुपमा ठूलो असर पु¥याउने भएको हुनाले बालविवाहलाई पुर्ण रुपमा न्यूनिकरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बालविवाह तथा सामाजिक सचेतनाको विभिन्न पक्षमा सरोकारवालहरु संग अन्तरक्रिया गरिएको गाउँपालिकाले जनाएको छ । जसअन्तर्गत कार्यक्रममा बालविवाह सम्बन्धी कानुनी सचेतनाको बारेमा प्रशिक्षक कानुनी शाखा प्रमुख लोक बहादुर गोलेले प्रष्ट्याउनु भएको थियो भने लागुपदार्थ दुव्र्यशनी तथा साइबर अपराधको बिषयमा हरिहरपुरगढी प्रहरी चौकीका इन्चार्ज समसुदिन अन्सरीले प्रस्तुतीकरण गर्नुभएको थियो ।

Hot Topics

Related Articles