Wednesday, November 5, 2025

विभिन्न कार्यक्रम गरि मनायो नेपाल रेडक्रस शिद्धबाबा उपशाखा ढुङ्ग्रेबासले १७ औं गणतन्त्र दिवस

सिन्धुली – नेपाल रेडक्रस शिद्धबाबा उपशाखा ढुङ्ग्रेबासले १७ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । बिहिबार नेपाल रेडक्रस शिद्धबाबा उपशाखाका सभापति सन्तोष बोहोराको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठको प्रमुख आतिथ्यतामा सरसफाइ र रक्तदाता तथा विशिष्ट सदस्यहरूलाई समेत सम्मान गरि गणतन्त्र दिवस मनाएको हो ।

नेपाल रेडक्रस शिद्धबाबा उपशाखा ढुङ्ग्रेवासको आयोजनामा गरिएको यस कार्यक्रममा जुनियर युवा रेडक्रस सर्कल स्थापना दिवसको अवसर पारि २२ जना खुल्ला रक्तदान गर्ने रक्तदाताका साथै रेडक्रस उपशाखाका विशिष्ट सदस्यहरूलाई कदरपत्र सहित सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले वृद्धवृद्धा, शारिरीक रुपमा अशक्त, विपन्न वर्गका व्यक्तिहरुको लागि एम्बुलेन्स सेवा तथा समय समयमा जिल्लामै नि ःशुल्क आँखा शिविर सञ्चालन लगायतका सेवाहरु प्रदान गरिरहेको बताउनुभयो । उहाँले जिल्लामा नेपाल रेडक्रस सोसाइटीको ४२ ओटा शाखाहरु रहेको जानकारी गराउनुभएको छ । सभापति श्रेष्ठका अनुसार केहि क्षेत्रमा कार्यालय भवन निमार्णका लागि पहल भइरहेको छ भने केहि क्षेत्रमा कार्यालय भवन निमार्ण भईसकेको छ । साथै उहाँले जिल्लामा रगतको अभाव हुन नदिन रेडक्रस सोसाइटी सिन्धुलीले विभिन्न पहलहरु पनि गर्दै आइरहेको बताउनुभयो ।

त्यस्तै पदमा रहुन्जेल नागरिकको आवश्यकता तथा सेवालाई ख्यालमा राख्दै सकेको काम गर्ने नेपाल रेडक्रस शिद्धबाबा उपशाखाका सभापति सन्तोष बोहोराले प्रतिबद्धता जनाउनुभयो । उहाँले उपशाखा ढुङ्ग्रेबासले सामाजिक तथा जनचेतना मुलक सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो ।

Hot Topics

Related Articles