सिन्धुली – सिन्धुलीमा ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरिएको छ । शुक्रबार मदनभण्डारी राजमार्ग अन्तर्गत जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ झनझनेमा हेटौंडाको कुलेखानिबाट सिन्धुली तर्फ आउँदै गरेको प्र.२–०३–००१ च. ५६७१ नं. को सिमेन्ट लोड गरिएको बोलेरो पिकअप गाडीमा लुकाई–छिपाई सिमेन्टको बोराले छोपी ल्याएको १०७.११ के.जि.बराबरको ७ पोका गाँजा बरामद गरिएको हो ।

हरिहरपुरगढीको झनझने प्रहरी चेकपोष्टमा प्रहरी नायव निरिक्षक प्रकाश भण्डारीको कमाण्डमा खटिएको प्रहरि टोलीले चेकजाँच गर्ने क्रममा रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ०४ बस्ने १९ वर्षीय गोपाल साहले चलाएको पिकअप गाडीमा उक्त परिमाणमा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

हाल बरामद गरिएको लागू औषध सहित गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

