Wednesday, November 5, 2025

सिन्धुलीमाढीमा दीप प्रज्वलन गरी मनाईयो महान सहिद कृष्ण सेन ‘इच्छुक’ को २३ औँ स्मृति दिवस


सिन्धुली – महान सहिद कृष्ण सेन ‘इच्छुक’ को २३ औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिती सिन्धुलीले दीप प्रज्वलन गरेको छ । जनपक्षीय पत्रकारिताको मार्गदर्शक तथा समाज परिवर्तनका लागि बुलन्द आवाज बनेका नेपाली क्रान्तिका महान सहिद कृष्ण सेन ‘इच्छुक’ को सम्मान तथा सम्झनामा मंगलबार सिन्धुलीमाढीको लोकतान्त्रिक चोकमा प्रेस सेन्टर नेपाल सिन्धुलीले दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रेस सेन्टर नेपाल बागमती प्रदेशका महासचिव नविन श्रेष्ठले महान सहिद कृष्ण सेन ‘इच्छुक’ ले जनताको आवाजलाई निरन्तर रुपमा जनताको पक्षबाट वकालत गरेकै कारण तत्कालिन सत्ताले आवाज बन्द गर्न नियन्त्रणमा लिएर निर्मतापुर्वक हत्या गरिएता पनि ‘इच्छुक’ को पदमार्गलाई निरन्तर पछ्याउदै जनपक्ष पत्रकारीताको क्षेत्रमा प्रेस सेन्टरमा रहेर हजारौ पत्रकारहरु लम्बद्ध भएको बताउनुभयो । ‘इच्छुक’ ले देखाउनु भएको मार्गदर्शनलाई पालना गर्दै जनताको लागि निरन्तर आवाज बुलन्द गर्नको लागि प्रेस सेन्टरमा आबद्ध रहि हजारौ पत्रकारले निरन्तर कलम चलाइरहने महासचिव श्रेष्ठले बताउनुभयो ।

प्रेस सेन्टर नेपाल सिन्धुलीको आयोजनामा भएको दीप प्रज्वलन कार्यक्रममा प्रेस सेन्टर नेपालका नेता तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान सचिव राजन गाउले, प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष बुद्ध लाल नेपाली, प्रेस सेन्टर नेपालका पदाधिकारी तथा सदस्य एवम् जिल्लाका कृयाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका आदर्श व्यक्तित्व र क्रान्तिकारी नेता कृष्ण सेन ‘इच्छुक’ को जन्म २०१३ कात्तिक ३ गते भारतको देहरादुनमा भएको थियो । सेनको पुख्र्यौली थलो अर्घाखाँची जिल्लाको जलुके हो । शोषित पीडित बहुसंख्यक जनताको मुक्तिका लागि समर्पित भएर लाग्ने राजनीतिक विचारक तथा आदर्शवान् व्यक्तित्व इच्छुकले जनताको हक अधिकारको लागि जनताको पक्षबाट निरन्तर आवाज बुलन्द पारि रहन्थे । तर निरन्तर जनताका पक्षमा कलम चलाउने इच्छुकको पत्रकारिता तथा साहित्य त्यति बेलाका शासक र सत्ताले रुचाएनन् । जसकारण इच्छुकलाई तत्कालीन सत्ताले पटक–पटक गरी दश वर्षसम्म जेलमा यातनापूर्वक थुन्यो । अन्त्यमा जनयुद्धकैबिचमा इच्छुकलाई २०५९ जेठ ६ गतेका दिन गिरफ्तार गरी काठमाडौँको भृकुटीमण्डप स्थित महेन्द्र पुलिस क्लबको हिरासतमा राखिएको थियो । त्यहीँ अमानवीय ढङ्गले निर्मम यातना दिएर २०५९ जेठ १३ गते उनको हत्या गरियो ।

प्रगतिवादी साहित्य र जनपत्रकारिताका माध्यमबाट समाजको आमूूल परिवर्तन गर्नका लागि उनले पु¥याएको योगदान अतुलनीय छ । यसर्थ प्रत्येक वर्ष जेठ १३ गतेका दिन देशव्यापी रुपमा ‘इच्छुक’ को सम्मान तथा सम्झनामा दिप प्रज्वलन गरिने गरिएको छ ।

Hot Topics

Related Articles