Wednesday, October 15, 2025

आज सिन्धुलीमा पहिलो पल्ट मंंङ्गोलियन हार्ट राजु लामाको लाईभ कन्सर्ट हुदैँ


सिन्धुली –
सिन्धुलीमा पहिलो पल्ट चर्चित तथा लोकप्रिय गायक मंंङ्गोलियन हार्ट राजु लामा को लाईभ कन्सर्ट हुनेभएको छ । ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्टमेन्ट सिन्धुुलीले आयोजना गरेको पर्यटन, साँस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभल २०८२ मा आज गायक मंगोलियन हार्ट राजु लामा को लाईभ कन्सर्ट हुनेभएको हो ।

सांगितिक क्षेत्रमा ठुलो योगदान पु¥याउनुभएका मंंङ्गोलियन हार्ट लामाको तिमीलाई देखेर, हल्ला चलेछ, दिल बस्यो, म माया लाउँदिन, सुम्निमा जस्ता निकै लोकप्रिय गितहरु रहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेर सांगितक प्रस्तुती दिनुभएका लामाले सिन्धुलीमा चाहिँ पहिलो चोटि प्रस्तुती दिन लाग्नु भएको हो ।

द भोइस अफ नेपालका जर्ज समेत रहनुभएका राजु लामाको बैशाख २१ गतेका दिन सिन्धुलीको खुल्लामञ्चमा हुने यस पहिलो प्रस्तुतीलाई लिएर सिन्धुलीका संगित प्रेमि मनहरुमा निकै उत्साह छाएको छ । मंंङ्गोलियन हार्टका प्रमुख लामा आफ्नो टिम संगै सांगितक प्रस्तुतीका लागि आउन लाग्नु भएको आयोजक टिमले बताएको छ ।

मंंङ्गोलियन हार्ट राजु लामाको कन्सर्टको टिकट शुल्क २ सय ५० रुपैयाँ लाग्ने आयोजक टिमले जानकारी गराएको छ । बैशाख ११ गते देखि सञ्चालन भएको पर्यटन, साँस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभल २०८२ को भोलि अन्तिम दिन रहेको छ । यस अवधिभर स्थानिय तथा राष्ट्रियस्तरका लोकप्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

मनोरञ्जनको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै आएको ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्टमेन्ट सिन्धुुलीले जिल्लामा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

Hot Topics

Related Articles