Wednesday, October 15, 2025

हरिहरपुरगढीको भाईरल जङ्गलमा खानेपानी व्यबस्था

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको भाइरल जङ्गल र गाउँपालिकाको श्रीपुर बजारमा खानेपानी योजनाको उद्धघाटन गरिएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाले गाउँपालिको वडा नम्बर २ श्रीपुरमा रहेको भाइरल जङ्गल र श्रीपुर बजारमा खानेपानी योजनाको उद्घघाटन गर्नुभएको हो ।

आन्तारिक पर्यटन प्रबर्धन गर्ने उद्देश्यका साथ भाइरल जङ्गलमा खानेपानी व्यवस्थाका साथै रङ्गरोगन समेत गरिएको छ । गाउँपालिकाले खानेपानी योजनाको उद्घघाटन गर्दै नयाँ वर्ष २०८२ सालको उपलक्ष्यामा शुभकामना आदान प्रदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष वाईबाले पालिकाको सम्भावित पर्यटकिय स्थललाई प्राथमिकतामा राखेर संरक्षण र सम्बर्धन गरिने बताउनुभयो । उहाँले आफुलाई काम गर्नकै लागि जनताले मत दिएर जिताएको हुनाले जनताको हकहितको लागि काम गरि जनताको अनुहारमा खुशी ल्याउने बताउनुभयो ।

Hot Topics

Related Articles