Wednesday, October 15, 2025

सिन्धुली अस्पतालमा सञ्चालित ३ दिने निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिनमा ४ सय २३ जना लाभान्वित


सिन्धुली – सिन्धुली जिल्ला अस्पतालमा सञ्चालित ३ दिने निःशुल्क स्वास्थ्य शिविरको आज पहिलो दिनमा ४ सय २३ जना लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र जिल्लामा रहेको ४२ वटै उपशाखाहरुको आयोजना तथा हेल्पिङ्ग ह्याण्डस हेल्थ एजुकेशन इन्टरनेशनलको सहयोग र सिन्धुली अस्पतालको समन्वयमा ३ निशुल्क स्वास्थ्य शिविर मंगलबार बाट सञ्चालन भएको हो ।

जसमा पहिलो दिन ७१ जनाको स्त्री तथा प्रसुती रोग, ६६ जनाले जनरल फिजिसियन, ७१ जनाको दाँतको उपचार, ७१ जनाको नाक, कान, घाँटीको उपचार र १ सय ४४ जनाको आँखा उपचार गरि ४ सय २३ जनाले सेवा लिएका छन्

नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापती अशोक श्रेष्ठको अध्यक्षता तथा हेल्पिङ्ग ह्याण्डस हेल्थ एजुकेशन इन्टरनेशनलका अध्यक्ष नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको हो ।

३ दिन सम्म सञ्चालन हुने यस शिविरमा प्रत्येक दिन नाक, कान, घाँटीको उपचार, आँखाको उपचार, स्त्री तथा प्रसुती रोग र जनरल फिजिसियन सेवा दिईने नेपाल रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो । शिविर विहान ९ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन गरिने छ ।

शिविरको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मदु कुमार श्रेष्ठ, कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखेल, निर्वतमान नगर प्रमुख खड्ग बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्की, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बाहोरा दाहाल लगायतको उपस्थिती रहेको थियो ।

Hot Topics

Related Articles