Wednesday, October 15, 2025

फेस्टिभलमा शौचालय प्रयोग गर्दा थाहै नदिई नगद असुली गरिएको आयोजकको दाबी

सिन्धुली– सिन्धुलीमा सञ्चालित फुड फेस्टिभलमा व्यवस्था गरिएको शौचालय प्रयोग गरे बापत आयोजकलाई नै थाहा नदिई नगद असुली गरिएको आयोजक टिमले बताएको छ । बैशाख ११ गते देखि सञ्चालन भईरहेको पर्यटन, साँस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभल २०८२ मा आयोजक टिमको जानकारी बिनै शौचालय प्रयोग गरे बापत केहि व्यक्तिले नगद असुली गरेको आयोजक टिमले बताएको हो ।

प्रवेश शुल्क तिरेर महोत्सवमा प्र्रवेश गरे पश्चात् पनि शौचालय प्रयोग गर्न छुट्टै १० रुपैयाँ तिर्नु परेको जनगुनासो प्राप्त हुन साथ त्यसको विरोध गरिएको र अब कुनै शुल्क तिर्न नपर्ने ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीका अध्यक्ष अश्विन जंग थापाले बताउनुभयो । महोत्सव अवधिभर दर्शकहरुकोे स्वास्थ्य तथा सेवा, सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउन लागी परेको अध्यक्ष थापाले बताउनुभयो ।

ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीको आयोजनामा भएको फुड फेस्टिभल (महोत्सव) बैशाख २१ गते सम्म सञ्चालन हुने छ ।

Hot Topics

Related Articles