सिन्धुली – नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन र बागमती प्रदेशको दोस्रो अधिवेशनमा नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले बिभिन्न पदमा निर्वाचित भएका व्यक्तिहरुलाई सम्मान तथा सफल कार्यकालको लागि बधाई दिएको छ ।

बुधबार एक कार्यक्रमका विच निवर्तमान केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालालाई सम्मान गर्नुका साथै निर्वाचित केन्द्रीय तथा प्रदेश पदाधिकारी तथा सदस्यहरूलाई बधाईका दिएको हो ।

कार्यक्रममा संगठनका अध्यक्ष डिल्ली सौगात घिमिरेको अध्यक्षता रहेको थियो भने नेपाल निजामती कर्मचारी संगठनकी केन्दीय अध्यक्ष भवानी न्यौपाने दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

निजामती कर्मचारी संगठन सिन्धुलीले आउदै गरेको नव वर्ष २०८२ को शुभकामना आदनप्रदान गर्दै आजै २०८२ को भित्ते पात्रो (क्यालेण्डर) समेत विमोचन गरेको छ ।

