Wednesday, November 5, 2025

१०२.८५० ग्राम खैरो हेरोईन सहित सिन्धुलीमा एक जना पक्राउ

सिन्धुली – सिन्धुलीमा १०२.८५० ग्राम खैरो हेरोईन सहित एक जनालाई पक्राउ गरिएको छ । मङ्गलवार बिपी राजमार्ग अन्तर्गत जिल्लाको कमलामाई नगरपालिका ९ भिमानको चेकपोष्टमा चेकजाँच गर्ने क्रममा उक्त लागु औषध सहित एक जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने रसुवाको कालिका गाउँपालिका ५ का ३३ वर्षीय सुभाष बर्देवा रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले बताउनुभयो ।

उहाँका अनुसार बर्देवाका साथबाट २२ हजार रुपैंया समेत प्रहरीले बरामद गरेको छ ।

Hot Topics

Related Articles