सिन्धुली – सिन्धुली सहितका देशका विभिन्न क्षेत्रमा वर्षा सहित मौसम परिवर्तन भइरहेको हुदाँ जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सतर्कता अपनाउन आग्रह गरेको छ । बैशाख ४ गते प्रकाशन भएको मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिनलाई मध्यनजर गर्दै ४ गते देखि ६ गते सम्म मौसम बद्लि भई वर्षा हुने भएको हुदाँ सतर्कता अपनाउन आग्रह गरिएको हो ।

स्थानिय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको उक्त समयमा बागमति प्रदेशका समेत केहि स्थानमा मेघगर्जन, चट्याङ्गका साथै अत्यधिक वर्षा हुने अनुमान गरिए संगै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार सुचना जारी गर्दै जिल्लाबासिलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

यस ३ दिन सकेसम्म लामो यात्रा तय नगर्न, गर्नै परेमा आवश्यक सावधानी अपनाउनका साथै अन्य गतिविधमा पनि विशेष सतर्कता अपनाउन जारी गरिएको सुचनामा उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अनुरोध गरको छ ।