Friday, May 16, 2025

“पर्यटन, साँस्कृतिक व्यापार, उद्योग तथा फुड फेस्टीभल २०८२” सुरु

सिन्धुली – सिन्धुलीमा आयोजित “पर्यटन, साँस्कृतिक व्यापार, उद्योग तथा फुड फेस्टीभल २०८२” (महोत्सव ) को हिजो उद्धघाटन गरिएको छ । ब्रदर हुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीको आयोजनामा सञ्चालन भएको फुड फेस्टीभल (महोत्सव ) को बिहिबार एक औपचारिक कार्यक्रमक गरि उद्धघाटन गरिएको हो ।

फुड फेस्टिभल ब्रदर हुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीका अध्यक्ष अश्विन जंग थापाको अध्यक्षतामा प्रमुख अतिथी उद्योग वाणिज्य संघ सिन्धुलीका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठले पानसमा बत्ति बालेर उद्धघाटन गर्नुभएको थियो ।

उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुदै उद्योग वाणिज्य संघ सिन्धुलीका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठले स्थानिय पराम्परागत शिप, कला र संस्कृतिको जर्गेना गर्दै जिल्लालाई प्रभावकारी रुपमा चलायमान बनाउन यस फेस्टिभलले महोत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले महोत्सवले आन्तरिक तथा बाह्य पर्यटनका साथै जिल्लाको अर्थतन्त्रलाई पनि बलियो बनाउने बताउनुभयो ।

बैशाख ११ गते देखि २१ गते सम्म सञ्चालन हुने यस फेस्टीभलको पहिलो दिन कलाघर सिन्धुलीका कलाकार साथै जिल्लाका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । फेस्टीभलको दोस्रो दिन गायक कमल खत्री संगै स्थानिय तथा राष्ट्रिय स्तरका लोकप्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजक टिमले जानकारी दिएको छ ।

फेस्टीभलमा प्रवेश शुल्क प्रतिव्यक्ति ८० रुपैयाँ लाग्ने छ । साथै ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएको व्यक्तिले निशुल्क प्रवेश गर्न पाउने छन् भने विद्यार्थीको हकमा केहि छुट हुने छ । फेस्टीभल विहान ९ बजे देखि बेलुका ९ बजे सम्म सञ्चालन हुने छ । फेस्टीभल अवधिभर उद्धघोषकको रुपमा रहेर जीवि श्रेष्ठ र टिका जंग थापाले सहजीकरण गर्नुहुने छ ।

फुड फेस्टीभल (महोत्सव) मनोरञ्जन क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै जिल्लामा पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको छ । ११ दिन सम्म सञ्चालन हुने फुड फेस्टीभलमा स्थानिय तथा राष्ट्रिय स्तरका चर्चित तथा लोकप्रिय कलाकार एवम् व्यान्डहरुको सांस्कृतिक प्रस्तुतीका साथै हास्य व्यङ्ग संगै बेजोड मनोरञ्जनात्मक प्रस्तुती रहने छ ।

फेस्टीभलमा सिन्धुलीको पहिचान झल्काउने स्थानिय उत्पादनलाई विशेष प्राथमिकतामा राख्दै नेपाली परिकार देखि अन्तर्राष्ट्रिय खाना स्टल राख्नुका साथै स्थानीय गन्तव्यहरुको प्रचार तथा जानकारीमूलक प्रदर्शनी एवम् बालबालिकाको लागि खेल, झुलाहरुको समेत व्यवस्था गरिएको छ ।


ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुली २०७५ सालमा दर्ता भई मनोरञ्जनको क्षेत्रलाई प्राथमिकतामा राखि सिन्धुली जिल्लामा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

spot_img

Hot Topics

Related Articles