Wednesday, November 5, 2025

२८ औँ स्थापना दिवस कमलामाईले भव्यताका साथ मनायो

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकाले आफ्नो २८ औँ स्थापना दिवस भव्यताको साथ मनाएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गर्दै कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोख्रेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माको प्रमुख आतिथ्यतामा २८ औँ स्थापना दिवस मनाएको हो ।

कमलामाई नगरपालिका २०५३ साल चैत १४ गते स्थापना भएको थियो । स्थापन दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुदैँ प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले पूर्वधार तथा विकासमा कमलामाई नगरपालिकामा अहिले सम्म सन्तोषजनक कार्यहरु भइरहेको बताउनुभयो ।

स्थापनाको २८ औँ वर्षमा प्रवेश गर्दै गर्दा खेरी बिकासका पूर्वधारहरु सबल बन्दै गएको र प्राकृतिक स्रोतको पनि उचित सदुपयोगले कमलामाई नगरपालिकाको भोलीको भविष्य अझै सुन्दर हुदैँ जाने कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोख्रेलले विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले कृषि कर्मलाई व्यवसाय मुखि बनाउनलाई यसै वर्षबाट वास्तविक किसानको पहिचान गरी सुचिकरण गरिने जानकारी गराउनुभयो ।

त्यस्तै कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटाले विकासको पक्षमा गरिएका कामहरुको जानकारी गराउनुहुदै शिक्षा क्षेत्रमा गुणस्तरीयता ल्याउनका लागि विद्यार्थी संख्यालाई आधार मानि नगरमा विद्यालय बनाएको साथै प्रत्येक वडामा बेरोजगार युवा पुस्ता लक्षित गर्दै स्वरोजगारका कार्यक्रमहरु सञ्चालन लगायतका कार्यहरु गरिएको बताउनुभयो । उहाँले नगरपालिका भित्र स्वास्थ्य, शिक्षा, कृषि, तथा रोजगारका पक्षमा विशेष प्राथमिकता दिएर काम गरेको बताउनुभयो । विकासका हकमा न्याय, कानुन, सुशासन तथा समृद्धिहरुलाई संगै जोडेर लानका लागि कर्मचारी, जनप्रतिनिधी, राजनिती कर्मी लगायत सबै व्यक्तिहरुको उत्तिकै सहयोग रहेको उपप्रमुख देवकोटाले बताउनुभयो ।

स्थापना दिवस कै अवसर पारेर कमलामाई नगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधीहरुका विचमा चम्चा दौड, हाडी फुटाई, म्युजिकल चियर, ब्याडमिन्टन, भलिबल लगायतका प्रतियोगिताहरुको आयोजना गरेको थियो । जसमा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्न सफल भएका सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधीहरुका समुह एवम् व्यक्तिहरुलाई नगद, शिल्ड, सम्मानपत्र सहित पुरस्कृत गरिएको छ ।

Hot Topics

Related Articles