सिन्धुली – नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीले सोमबार वृहत ¥याली सहित जागरण सभा गरेको छ । नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा संघिय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवद्र्धनका लागि सिन्धुलीमाढीमा एमालेले जागरण सभाको आयोजना गरेको हो ।

बाजागाजा सहित सिन्धुलीको बुद्धनगर चोक, लक्ष्मणचोक र धुराबजारको सिरानबाट गणतन्त्रणको पक्षमा विभिन्न नारा लगाउदै सुरु गरिएको ¥याली १ नं. बजार, गैरीबजार, २ नं. बजार हुदैँ नेकपा एमालेको पार्टी कार्यलयमा पुगेर पुनः फर्कि लोकतान्त्रिक चौरमा जागरण कोण सभा परिणत भएको थियो । सभामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज मनोज जंग थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

जागरण सभालाई सम्बोधन गर्नुहुदै जिल्ला इन्चार्ज थापाले गणतन्त्र मास्न खोज्ने सपना कहिले पुरा नहुने बताउनुभयो । उहाँले नेकपा एमाले लोकतन्त्रको पक्षमा रहेकाले नागरिकको रक्षाका लागि हरसमय आवाज उठाइ लागी पर्ने बताउनुभयो । त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य गणेश पहाडीले हत्या र हिंसाको पक्षमा खडा भएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई जेलमा पु¥याउँन सबै एकजुट भई उठ्नुपर्ने बताउनुभयो । उहाँले राज्य मार्फत पूर्व राजा ज्ञानेन्द्रलाई प्रदान गरिने सेवा सुविधा समेत काट्नु पर्नेमा जोड दिनुभयो ।

जागरण सभामा जिल्लाको ९ वटै पालिकाको नेकपा एमालेका नेताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

