सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकामा सञ्चालन भएको शिक्षक भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ ले जित हासिल गर्न सफल भएको छ । सोमबार भएको अन्तिम प्रतियोगितामा कमलामाई नगरपालिका ६ (क) लाई पराजित गर्दै कमलामाई नगरपालिका १२ ले जित्न सफल भएको हो ।

प्रतियोगितामा पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै कमलामाई १२ पहिलो र कमलामाई ६ (क) दोस्रो भएको छ । खेलको तेस्रो सेट कमलामाई ६ ले जितेको थियो । कमलामाई १२ ले कमलामाई ६ (क) लाई २५–१८, २५–१९, २४–२६ र २५–१९ को सेटमा जित निकाल्दै कमलामाई १२ पहिलो भएको नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई नगर समितिका सचिव दुर्गा भुजेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल समुहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट खेल खेल्ने कमलामाई १२ का खेलाडी ईश्वरराज दाहाललाई उत्कृष्ट खेलाडीको रूपमा ट्रफि प्रदान गरिएको छ ।

प्रतियोगितामा नगरका ११ वटा शिक्षक समूहले भाग लिएका थिए र प्रतियोगितामा भाग लिने सबै खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई नगर समितिका सचिव भुजेलले जानकारी दिनुभयो ।