Wednesday, November 5, 2025

कुरियरको नाममा बिलबिजक नभएका १९ लाख बढीको अबैध सामान बरामद

सिन्धुली – कुरियरको नाममा ओसारपसार भएको १९ लाख भन्दा बढीको अवैद्य सामान सिन्धुली प्रहरीले बरामद गरेको छ । बुधबार राती विपी राजमार्ग अन्तर्गत सिन्धुलीको हिरापानी ४ चेकपोष्टमा गाडी चेकजाँच गर्ने क्रममा १९ लाख ३३ हजार ५ सय बराबरको अवैद्य सामान प्रहरी चौकी ढुंग्रेबासबाट खटिएको प्रहरीले बरामद गरेको हो ।

बिराटनगरबाट काठमाडौँतर्फ जादैँ गरेको प्र।१–०१–००१ च ८६३९ नम्बरको कुरियर बोक्ने गाडीमा कुरियर सामानहरु भित्र लुकाई छिपाई ल्याएको नक्कली गरहनासहितको सामन बरामद गरिएको सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले बताउनुभयो । खड्काका अनुसार मोटर पार्टसका सामान, बिभिन्न नक्कली गरगहना, माला लकेट, माला दाना, तयारी तथा थानका कपडा लगायतका सामानहरु रहेको थियो ।

बरामद गरिएका बिलबिजक नभएका सामान सहित गाडी र चालक समेतलाई आवश्यक अनुसन्धान तथा कार्वाहिको लागि बारा स्थित पथलैया राजश्व कार्यालयमा पठाइएको डिएसपि खड्काले बताउनुभयो ।

Hot Topics

Related Articles