Wednesday, November 5, 2025

अनेरास्ववियुको जग अन्तत भत्कियो

सिन्धुली – सिन्धुलीका विभिन्न क्याम्पसहरुमा वर्षौ देखि जग बसालेर रहेको नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु) जग अन्तत भत्किएको छ । सिन्धुलीको पुराना क्याम्पस गौमती बहुमुखी जसमा लागातार अनेरास्ववियुले स्ववियुको नेतृत्व गरिरहेपनि शनिबार भएको चुनावमा पराजि भएको हो ।

माओवादी केन्द्र नजिक रहेको अखिल क्रान्तिकारी तथा नेकपा एमाले नजिक रहेको अनेरास्ववियु विच गठबन्धन हुदाँ समेत प्रतिपक्षमा रहेको नेपाली कांग्रेस निकटको नेपाली विद्यार्थी संघ (नेविसंघ) द्धारा अनेरास्ववियु पराजित हुन पुग्यो ।

संयुक्त प्यानलबाट उम्मेद्वारीमा खडा भएका दुई पार्टीबिच राम्रो तालमेल नमिल्दा आफ्नो बलियो जग भएको क्याम्पसमा अनेरास्ववियुले अपत्यारिलो तरिकाले हार व्यहोर्न पुग्यो । यता गठबन्धन कै मत प्राप्त गरि नेविसंघले जित हासिल गर्न सफल भएको छ ।

अनेरास्ववियुले सधै एक्लै बलियो रहि स्ववियुको निर्वाचनमा खडा रहे पनि यस पटक अखिल क्रान्तिकारीसँग गठबन्धन गरेपछि आफ्नो पक्षमा माहोल नबनेको हुनाले नेपाली विद्यार्थी संघले जित हासिल गर्न सफल भएको अनेरास्ववियुकै नेताहरुको गुनासो रहेको छ ।

गौमतीमा १९ जना उम्मेद्वार मध्ये सबैभन्दा बढि मत प्राप्त गरि विजय हुनुभएको नेविसंघका सचिव पदका उम्मेद्ववार धिरज जैसवालले अनेरास्ववियुलाई जित्नु ठूलो उपलब्धि भएको बताउनुभयो ।उहाँले हरेक विद्यार्थीले आफ्नो पार्टीप्रति आस्था राख्नु स्वभाविक कुरा हो तर क्याम्पस र विद्यार्थीसँग जो नजिक हुन्छ उसैले मत पाउन सक्ने बताउनुभयो । जैसवालले कुल मतको ५३ प्रतिशत मत अर्थात १५९ मत प्राप्त गरि सचिवमा निर्वाचित हुनुभएको हो । गौमतीमा नेविसंघको सभापतिमा विकाश तामाङ निर्वाचित हुनुभएको छ ।

यो भन्दा पहिले २०७३ सालमा अनेरास्ववियुका उज्जवल कुमार श्रेष्ठ र गत २०७९ को चुनावमा प्रज्वल तिमल्सिना स्ववियु निर्वाचनमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

Hot Topics

Related Articles