Monday, March 24, 2025

हरिहरपुरगढीमा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रकृया सम्बन्धि ३ दिने प्रशिक्षण कार्यक्रम

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्र्रकृया सम्बन्धि ३ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा रिभा डेभलपमेन्ट सर्पोट सर्भिसेस प्रा.लि. भक्तपुरको प्राविधिक सहयोगमा गाउँपालिकाका जनप्रतिनिधि र शाखा प्रमुख कर्मचारीहरुलाई निमित्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

हरिहरपुरगढी गाउँपालिका उपाध्यक्ष चेख बहादुर थिङको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त प्रशिक्षण कार्यक्रमको उट्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुदै गाउँपालिका उपाध्यक्ष थिङले निती नियम अनुसार प्रकृया पु¥याएर काम गर्न सकेमा बेरुजु घट्दै जान सक्ने बताउनुभयो । स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रकृया तालिम जनप्रतिनिधि तथा कर्मचारीको लागि महत्वपूर्र्ण रहेको बताउँदै गम्भिरता पूर्ण लिनु पर्ने बताउनुभयो । उहाँले तालिम लिए पछि कार्यान्वय गर्न समेत आग्रह गर्नुभयो ।

सार्वजनिक खरिद कानुन र यसको अभ्यासको विषयमा सहजीकरण प्रशिक्षक तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका लेखा अधिकृत राम बहादुर बस्नेतले गर्नुभएको छ ।  

spot_img

Hot Topics

Related Articles