Thursday, October 2, 2025

हरिहरपुरगढीमा सवारी दुर्घटना न्युनिकरण र ट्राफिक सचेतना अभिवृद्धि कार्यक्रम

सिन्धुली– सवारी दुर्घटना न्युनिकरण र ट्राफिक सचेतना अभिवृद्धि कार्यक्रम सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय सिन्धुलीको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो ।

 गाउँपालिकाको सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको निमित्त सञ्चालन गरिएको सचेतना अभिवृद्धि कार्यक्रममा सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख ईश्वर थापाको अध्यक्षता तथा गाउँपलिका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाले सामान्य नियम पालन गर्दा आफ्नो जीवन सुरक्षित हुने हुुदाँ ट्राफिक नियमलाई पालन गर्न सवैलाई आग्रह गर्नुभयो । उहाँले शिक्षित व्यक्तिले नै ट्राफिक नियमलाई झन्झटको रुपमा लिएर नियमको उलङ्घन गरेको भन्दै गुनासो व्यक्त गर्नुभयो ।

कार्यक्रममा दुर्घटना न्युनिकरण र ट्राफिक सचेतनाको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख ईश्वर बहादुर थापाले प्रस्तुतिकरण गर्नुभएको थियो ।

Hot Topics

Related Articles