सिन्धुली – सिन्धुलीमा शनिबार गाडी दुर्घटना हुदाँ ९ जना घाइते भएका छन् । विपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका वडा नं. ५ मुलकोटमा झापा बाट काठमाडौ तर्फ जादैँ गरेको म.प्र. ०२–००१ज००६३ नम्बरको विद्युतिय गाडी आफैँ अनियन्त्रित भई सडक छेउँमा रहेको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक सहचालक सहित ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताउनुभयो । दुुर्घटनामा घाईते हुनेहरुमा चालक कमलामाई नगरपालिका ७ रामपुरका २४ वर्षिय सुजन बल, सोहि ठाउँका सहचालक १९ वर्षिय निशान तामाङ, काठमान्डौ महानगरपालिका वडा नं. १६ का ५२ वर्षिय विष्णुमाया लालचन, ६२ वर्षिय जनकलाल हिराचन, ५६ वर्षिय यमुकुमारी हिराचन, १६ वर्षिय हास्मी जुवारचन, ५६ वर्षिय शक्तिलाल जुवारचन, ५८ वर्षिय पदम कुमारी जुवारचन र ३० वर्षिय हानानी जुवारचन रहेका छन् ।

दुर्घटनामा परि घाईते भएकाहरुलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पतालतर्फ पठाईएको प्रहरीले जनाएको छ । दुर्घटनामा भएको प्रारम्भिक अनुसन्धानका आधारमा गाडी तीव्र गरिमा रहेकाले आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताउनुभयो । दुर्घटना पश्चात् गाडी चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।