सिन्धुली – भुमि आयोग आफ्नो मान्छे पाल्न नबनाएको भूमी ब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयका मन्त्री बलराम अधिकारी बताउनुभएको छ । शनिबार सिन्धुलीमाढीमा भूमि समस्या समाधान आयोगका पदाधिकारी तथा सदस्यहरु र सहकारी अभियन्ताहरुसँग अन्तक्र्रिया तथा भेटघाट गर्दै सो कुरा बताउनु भएको हो ।

अनेक बाहाना गर्दै जंगल फडानी दिन दिनै बढेकाले यसलाई अन्त्य गर्न सबैको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । पछिल्लो समय भुमि आयोगले तीब्र गतिमा भुमि सम्बन्धी काम अगाढि बढाएकाले चाँडै समस्या समाधान हुने समेत मन्त्री अधिकारीले बताउनु भयो ।

साथैँ, उहाँले भुमि सम्बन्धी समस्यामा परेकालाई समाधान गर्न जिल्लामा उपलब्ध श्रोत साधन प्रयोग गरि समाधान गर्न समेत आग्रह गर्नुभयो ।
सहकारीमा आएका पछिल्ला समस्याहरुका कारण कठोर निर्णय गरि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्नु परेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणका प्रमुख अर्जुन प्रसाद पोख्रेलले बताउनुभएको छ ।

सहकारी अभियानले उठाएका समस्या र मागहरुलाई सम्बोधन गर्दै प्राधिकरण अगाडि बढ्ने समेत प्रमुख पोख्रेलले बताउनु भयो । साथै, उहाँले सहकारी अभियानलाई कमजोर हुन नदिने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

जनताले सहकारीलाई गरेको विश्वास जोगाउन सबै लागि पर्र्न समेत आग्रह गर्नुभयो । सो कार्यक्रमको उद्घोषण कमलामाई नगरपालिका सिन्धुलीका सहकारी शाखा प्रमुख मुकेश तामाङले गर्नुभएको थियो ।