Friday, April 25, 2025

भरुवा बन्दुक सहित सिन्धुलीमा एक जना पक्राउ

सिन्धुली – सिन्धुलीमा प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । भरुवा बन्दुक लिएर सिकार खेल्न  हिँडिरहेको अवस्थामा जिल्लाको मरिण गाउँपालिका वडा नम्बर ३ वरुणका ४० वर्षीय सूर्य कुमार वाइबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कपिलाकोटमा खटिएको प्रहरी टोलीले बेताल सामुदायिक वनबाट १ थान भरुवा बन्दुक र सो बन्दुकमा प्रयोग हुने बारुद सहित निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

वाइबा माथि सोमबार सिन्धुली जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको एसपी काफ्लेले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles