Friday, April 25, 2025

ब्युटीसियनको बेसिक ३ महिने कोर्सको लागि दरखास्त आव्हान

सिन्धुली – जिल्ला समन्वय समिति सिन्धुलीले सीप विकास तालिमको लागि दरखास्त आव्हान गरेको छ । आइतबार एक सुचना जारी गर्दै सिप बिकास तालिम अन्तर्गत ब्युटीसियन बेसिक ३ महिने कोर्सको लागि दरखास्त आव्हान गरेको हो ।

आ।व। २०८१÷०८२ को स्वीकृत बार्षिक कार्यकम अनुसार २०८१ चैत्र महिना देखि संचालन गरिने महिला श्रमिक, लैङ्गिक हिंसापिडित, विपन्न, दलित, सीमान्तकृत, एकल महिलाहरुको लागी उद्यमशिलता, रोजगारमुलक, सीप विकास तथा क्षमता अभिवृद्धी सम्बन्धी कार्यक्रम अन्तर्गत केश श्रृङगार तथा सौन्दर्य तालिम सञ्चालन गर्न लागेको जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

तालिम लिन इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले यही चैत ११ गते देखि १७ गते सम्म अन्तिम दिन विदा परे सो दिनको भोलिपल्ट_हालसालै खिचेको पासपोर्ट साइजको फोटो टांसी नेपाली नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपिसहित जिल्ला समन्वय समितिको कार्यालय सिन्धुलीमा आवेदन फाराम पेश गर्नुपर्नेछ ।

तालिमको लागि २० जनाको लागि कोटा खालि गरिएको छ । ६५ कार्यदिन ÷ ३९० कार्य घण्टा हुने तालिमको हकमा दैनिक औसत ५ देखी ६ घण्टा सञ्चालन हुने छ । तालिमको लागि न्यूनतम ८ कक्षा उत्तिर्ण गरेको हुनुपर्ने छ । तालिम लिन ईच्छुक उम्मेदवारहरु शारिरीक र मानसिक रुपमा स्वस्थ र उमेर १६ वर्ष पुगी ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

आवेदन फाराम पेश गरे पश्चात् तालिममा सहभागि हुने उम्मेदवारहरुको छनौटका लागि चैत १८ गते बिहान ११ः०० बजे जिल्ला समन्वय समितिको कार्यालय सिन्धुलीमा विहान ११ बजे परिक्षा तथा अन्तरवार्ता हुने छ जसको लागि आफ्नो सक्कल कागजातहरु सहित उपस्थित हुनुपर्ने छ । तालिममा छनौट भएका उम्मेदवारहरुको तालिम संचालन मिति नतिजा प्रकाशनको दिन तोकिने जिल्ला समन्वय समिति सिन्धुलीले प्रकाशन गरेको सुचनामा उल्लेख गरिएको छ ।

spot_img

Hot Topics

Related Articles