सिन्धुली – सिन्धुलीमा बुधबार बिहान हायसको ठक्कर बाट निलगाईको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १४ चन्दनपुरमा धरानबाट काठमान्डौ तर्फ जाँदै गरेको बा ५ ख ५९८१ नम्बरको हायसले ठक्कर दिंदा निलगाईको मृत्यु भएको हो ।

गुडिरहेको हायसमा ठोक्किएर घाइते भएको निलगाई जङ्गल तिर भागेको पछि हायस चालक धरान उपमहानगरपालिका १७ का पदम बहादुर विश्वकर्माले इलाका प्रहरी कार्यालय भिमानलाई खबर दिए तत्कालै प्रहरी टोलीले खोजी गरेका थिए । अचानक आएर ठोक्किएको निलगाई घटनास्थलबाट ७ सय मिटर पर जंगलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताउनुभयो ।

घटनाबारे रानिवास शव–डिभिजन वन कार्यालय सिन्धुलीसंग समन्वय गरि कानुनी प्रक्रिया पुरा गरि मृत निलगाई, हायस सहित चालकलाई डिभिजन वन कार्यालय सिन्धुलीमा आवश्यक कार्वाहीको लागी पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी काफ्लेले जानकारी दिनुभयो ।