Saturday, June 14, 2025

हरिहरपुरगढी गाउँपालिका झनझनेमा प्लाष्टिक व्यवस्थापन सम्बन्धी र्यालि प्रदर्शन सहितको सचेतनामुलक कार्यक्रम

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ झनझनेमा प्लाष्टिक व्यवस्थापन सम्बन्धी र्यालि प्रदर्शन सहितको सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । वन डिभिजन कार्यालय मरिणको समन्वय तथा कफसन नेपालको आयोजनामा प्लाष्टिक व्यवस्थापन सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कफसन नेपालका केन्द्रिय अध्यक्ष विना श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यता रहेको थियो । पाष्टिक व्यवस्थापन सम्वन्धी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले प्लास्टिकजन्य फोहोर व्यवस्थापन तथा नियन्त्रणको लागि सबैको महत्वपूर्ण जिम्मेवार रहेको बताउनुभयो । तसर्थ उहाँले वडा समिति, बजार व्यवस्थापन समिति, तथा विद्यालय व्यवस्थापन समिति लगायत सम्पूर्ण निकायले आ–आफ्नो ठाउँबाट लागि पर्नुपर्ने बताउनुभयो । उहाँले प्लास्टिकको प्रयोगबाट हुने असरबारे स्वास्थ्यकर्मीहरुले सवैजनालाई बुझाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका भित्रका सामुदायिक वन उपभोक्ता समितिले प्लाष्टिक व्यवस्थापनको लागि प्लेकार्ड, पम्प्लेट सहित र्यालि प्रर्दशन गरेका थिए । कार्यक्रममा  भूमि समस्या समाधान आयोग सिन्धुलीका अध्यक्ष कौशल कोइराला, जिल्ला मालपोत कार्यालय सिन्धुलीका प्रमुख नीर बहादुर दाहाल, डिभिजन वन कार्यालय मरिणका डिएफओ अजयकुमार मानन्धर, नापी कार्यालय सिन्धुलीका प्रमुख आशिष चालिसे, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा लगायतको उपस्थिती रहेको थियो ।

spot_img

Hot Topics

Related Articles