सिन्धली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निशुल्क आँखा शिविर भएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ पान्तलेमा सोमबार निशुल्क आँखा शिविर भएको हो ।

पाटन देबी मिडिया प्रालिको आयोजना तथा रोटरी क्लब अफ हेटौडा ,रोट्राक क्लब अफ हेटौडा ,सामुदायिक आखा अस्पताल हेटौडा ,रोटरी क्लब अफ तास्मनिया मिस्टर डेबिड याक्सलिको सहयोगमा गाउँपालिकाको ८ नम्बर वडामा निशुल्क आखाँ शिविर भएको हो । शिविरबाट गाउँपालिकाको १३४ जना लाभान्वित भएका छन् । जसमध्ये ९ जना बिरामीको मोतिबिन्दुको अप्रेसनको लागि हेटौडा लगिने आयोजकले जनाएको छ ।

रोटरी क्लब अफ हेटौडाका पूर्व अध्यक्ष उज्ज्वल प्रसाद भण्डारीको अधयक्षतामा तथा वडा नम्बर ८ का वडा अध्यक्ष धन बहादुर मोक्तानको प्रमुख आतिथ्यता भएको शिविरमा सामुदायिक आँखा अस्पताल हेटौडाका डाक्टरले आँखा जाच गर्नुभएको थियो । शिविर कार्यक्रममा पूर्व वडाअध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सार्कीमान तामाङ्ग ,क्यानेश्वर माबि का प्रधानाध्यापक दिपक गौतम ,स्थानिय समाजसेवी प्रकाश पाख्रिन र बिमल घतानी तथा स्थानिय लगायतको उपस्थिति रहेको थियो ।