Monday, March 24, 2025

हरिहरपुरगढिमा निशुल्क आँखा परिक्षण शिविर सन्चालन हुने

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढि गाउँपालिका वडा नम्बर ८ पाँचतलेमा निशुल्क आँखा परिक्षण शिविर सन्चालन हुने भएको छ ।

यहि फाल्गुण ५ गते विहान ८ बजेदेखि २ बजेसम्म क्यानेश्वर उच्च मावि , पाँचतलेमा एक दिनको लागि निशुल्क आँखा परिक्षण शिविर सन्चालन हुन लागेको हो । शिविरबाट मोतिया विन्दुको लागि छनौट भएका विरामीहरुलाई निशुल्क हेटौँडामा रहेको सामुदायिक आँखा अस्पतालमा अन्तिम परिक्षण गराई अपरेसन गरिनेछ ।

विरामीहरुको लागि जाने, आउने, बस्ने, खाने र अपरेसन एवंम औषधी समेत सबै निशुल्क हुने स्थानीय आयोजक पाटनदेवि मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक जि.वि. श्रेष्ठले जानकारी दिनुभयो । रोटरी क्लब अफ हेटौँडा, रोटरयाक्ट क्लब अफ काठमाण्डौँ , सामुदायिक आँखा अस्पताल हेटौँडाको आयोजना र पाटन देवि मिडिया प्रा.लि.को स्थानिय आयोजनामा निशुल्क आँखा परिक्षण शिविर सन्चालन हुन लागेको हो ।

spot_img

Hot Topics

Related Articles