Monday, March 24, 2025

सिन्धुली खेलकुद महोत्सवः कमलामाईले ल्यायो कराँते कातामा पुरुष र महिला तर्फमा नै पहिलो स्थान

सिन्धुली – सिन्धुलीमा सञ्चालन भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव २०८१  को दोस्रो दिनमा कराँते प्रसतयोगिता सम्पन्न भएको छ । ‘राष्ट्रका लागि खेलकुद तथा स्वास्थ्यको लागि खेलकुद‘ भन्ने नाराका साथ सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव २०८१  को मंगलबार दोस्रो दिन विभिन्न बिधामा खेल प्रतियोगिता भएको थियो ।

जसमधये कराँतेमा काता महिला तर्फ कमलामाई नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र दुधौली नगरपालिका तेस्रो भएको छ भने पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ ।

त्यस्तै करातेको ४० के।जी। बाउन्ड मा महिला तर्फ दुधौली नगपालिमा प्रथम, मरिण गाउँपालिका दोस्रो तथा कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । ४५ के।जी। बाउन्ड मा महिला तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो तथा हरिहरपुरढी गाउँपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । ५० के।जी। बाउन्ड मा महिला तर्फ हरिहरपुरगढी गाउँपालिका पहिलो, कमलामाई नगरपालिका दोस्रो तथा दुधौली नगरपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ ।  ५५ के।जी। बाउन्ड मा महिला तर्फ मरिण गाउँपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिका तेस्रो भएको छ । साथै ६० के।जी। बाउन्ड मा महिला तर्फ मरिण गाउँपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो तथा दुधौली नगरपालिका र कमलामाई नगरपालिका तेस्रो भएको छ ।

त्यसैगरी ४२ के।जी। बाउन्ड मा पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, हरिहरपुरगढी गाउँपालिका दोस्रो तथा मरिण गाउँपालिका र दुधौली नगरपालिका तेस्र्रो भएको छ । ४६ के।जी।बाउन्ड मा पुरुष तर्फ मरिण गाउँपालिका पहिलो, दुधौली गाउँपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ । ५२ के।जी। बाउन्डमा पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, हरिहरपुरगढी गाउँपालिका दोस्रो तथा दुधौली नगरपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । ५७ के।जी। बाउन्ड मा पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, हरिहरपुरगढी गाउँपालिका दोस्रो तथा दुधौली नगरपालिका र मरिण गाउँपालिका तेस्रो भएको छ । साथै ६२ के।जी। बाउन्डमा पुरुष तर्फ कमलामाई नगरपालिका  पहिलो, दुधौली नगरपालिका दोस्रो र हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ ।  

खेलमा विभिन्न विधाका १ हजार ३ सय ३३ खेलाडी सहभागी भएका छन् । फागुन ५ गते देखि १३ सम्म सञ्चालित खेलकुद महोत्सब प्रतियोगितामा भलिबल, फुट्बल, क्रिकेट, व्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स, म्याराथन, बक्सिङ गरि १० वटा खेलहरु हुने छन् ।

spot_img

Hot Topics

Related Articles