Monday, March 24, 2025

सिन्धुली खेलकुद महोत्सवः एथलेटिक्स तर्फका पाचँ खेल सम्पन्न

सिन्धुली – सिन्धुलीमा सञ्चालन भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव २०८१  को दोस्रो दिनमा एथलेटिक्स तर्फका पाचँ वटा खेल सम्पन्न भएको छ । ‘राष्ट्रका लागि खेलकुद तथा स्वास्थ्यको लागि खेलकुद‘ भन्ने नाराका साथ सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव २०८१  को मंगलबार दोस्रो दिन विभिन्न बिधामा खेल प्रतियोगिता भएको थियो ।

जसमध्ये एथलेटिक्स तर्फ ३००० मिटर दौड, २०० मिटरको दौड, हाइजम्प, ४०० मिटर दौड रिले, लङजम्पमा कमलामाई, दुधौली नगपालिका , हरिहरपुरगढी, मरिण, सुनकोशी, गोलन्जोर, घ्याङलेख, फिक्कल, तीनपाटन गाउँपालिका बिच भएको प्रतिस्पर्धा भएको थियो ।

जसमा ३००० मिटर दौडमा महिला तर्फ तीनपाटन गाउँपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो, र सुनकोशी गाउँपालिका तेस्रो भएको छ भने पुरुष तर्फ फिक्कल गाउँपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो र हरिहरपुरढी गाउँपालिका तेस्रो भएको छ । यसैगरि २०० मिटरको दौडमा महिला तर्फ सुनकोशी गाउँपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो, र दुधौली नगरपालिका तेस्रो भएको छ भने पुरुष तर्फ दुधौली नगरपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र तीनपाटन गाउँपालिका तेस्रो भएको छ ।

त्यस्तै हाइजम्पमा महिला तर्फ कमलामाई नगरपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र मरिण गाउँपालिका तेस्रो भएको छ भने पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । ४०० मिटर दौड रिले मा महिला तर्फ दुधौली नगरपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ भने पुरुष तर्फ दुधौली नगरपालिका पहिलो , सुनकोशी गाउँपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ ।

साथै लङजम्पमा महिला तर्फ सुनकोशी गाउँपालिका पहिलो, हरिहरपुरगढी गाउँपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ भने पुरष तर्फ तीनपाटन गाउँपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ ।

खेलमा विभिन्न विधाका १ हजार ३ सय ३३ खेलाडी सहभागी भएका छन् । फागुन ५ गते देखि १३ सम्म सञ्चालित खेलकुद महोत्सब प्रतियोगितामा भलिबल, फुट्बल, क्रिकेट, व्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स, म्याराथन, बक्सिङ गरि १० वटा खेलहरु हुने छन् ।

spot_img

Hot Topics

Related Articles