Monday, March 24, 2025

सिन्धुली खेलकुद महोत्सब २०८१ बिहिबारबाट सुरु, पहिलो दिन क्रिकेट म्याच

सिन्धुली – सिन्धुलीमा आजबाट सुरु भएको प्रथम खेलकुद महोत्सव २०८१ को पहिलो दिन क्रिकेट प्रतियोगिता भएको छ । बिहिबार बाट सुरु भएको प्रथम खेलकुद महोत्सवको पहिलो दिन भएको क्रिकेटमा कमलामाई नगरपालिका र दुधौली नगरपालिका विच म्याच भएको थियो ।

जसमा दुधौली नगरपालिका लाई ४ विकेटले हराउँदै कमलामाई नगरपालिका फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा पहिलो ब्याटिङ गर्दै दुधौली नगरपालिकाले १५।१ ओभरमा १० विकेट गुमाउदै ६५ रन जोड्न सफल भएको थियो जसमा सबैभन्दा बढी मुकेश शाहले २३ बलमा २९ रन  जोड्न सफल भएका थिए । दुधौली नगरपालिकालाई  ६५ रन मा रोक्न का लागि  कमलामाई नगरपालिकाले ३ ओभर बलिङ गर्दा ७ रन  खर्चेर ३ विकेट लिएको थियो भने  दुधौली नगरपालिकाले ४ ओभर बलिङ  गर्दा १३ रन खर्चेर ३ विकेट लिएका थियो ।

 कमलामाई नगरपालिकाले ६ विकेट गुमाउदै  १८।१ ओभरमा टार्गेट पूरा गर्न सफल भएको छ । कमलामाई नगरपालिका को जीतमा शैलेश कार्कीले ५४ बलमा २८ रन र ३ ओभर बलिङ गर्दा ३ विकेट लिँदै उत्कृष्ट अलराउन्डर प्रदर्शन गरेका छन्  । बिहिबार भएको क्रिकेट प्रतियोगितामा शैलेश कार्की म्यान अफ दि म्याच घोषित भएका छन् ।

खेलकुद महोत्सव अन्तर्गत शुक्रबार विहान ८ बजेबाट मरिण गाउँपालिका र तीनपाटन गाउँपालिकाको क्रिकेट म्याच सञ्चालन हुने छ । त्यस्तै दिउँसो १२ बजेबाट दुधौली नगरपालिका र सुनकोशी गाउँपालिकाका विच र दिउँसो २ बजेबाट मरिण गाउँपालिका र कमलामाई नगरपालिका विच फुटबल म्याच सञ्चालन हुने खेलकुद महोत्सवका आयोजक टिमले जानकारी दिएका छन् ।

‘राष्ट्रका लागि खेलकुद तथा स्वास्थ्यको लागि खेलकुद‘ भन्ने नाराका साथ  सुरु भएको खेलकुद महोत्सव ८ गते देखि १३  गते सम्म  सञ्चालन हुने छ । खेलकुद महोत्सवमा फुटबल, क्रिकेट, ब्याडमिन्टन,  म्याराथन र बक्सिङ लागायतका खेलहरु हुने छन्। जसमा ९ ओटै पालिकाका खेलाडीहरू सहभागी हुनेछन् ।  

spot_img

Hot Topics

Related Articles