Monday, March 17, 2025

सिन्धुलीमा लागु औषध सहित एकजना नियन्त्रणमा

सिन्धुली – सिन्धुलीमा लागु औषध सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार सिन्धुलीको भिमानमा ९.७० ग्रामको खैरो हिरोइन जस्तो पदार्थ बोकेर हिडेको अबस्थामा सिरहाको मिर्चैया नगरपालिका ६ का २५ वर्षीय अजय कुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिराटनगर बाट काठमाण्डै तर्फ जादै गरेको बा ५ ख ३५८ नम्बरको हायस गाडीलाई इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी अधिकृत समेतका टोलीले रोकी चेकजाचँ गर्ने क्रममा हायसमा सवार शाहले दाहिने खुट्टामा लगाएको मोजा भित्र लुकाई छिपाई बोकेको अवस्थामा उक्त लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बदामद गरिएको लागु औषध सहित शाहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles