सिन्धुली – सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम सिन्धुली जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ सन्चालन हुने भएको छ । यहि फाल्गुण ५ गतेदेखि फाल्गुण १३ गतेसम्म सिन्धुलीको खुल्ला मन्चमा सो कार्यक्रम सन्चालन हुन लागेको हो ।

सिन्धुली जिल्ला खेलकुद विकास समितिको आयोजना र जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा हुन लागेको प्रतियोगितामा दश वटा खेल जसमा भलिवल, फुटबल क्रिकेट, ब्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स, म्याराथन, बक्सिङ समावेश गराइनेछ ।

प्रतियोगितामा प्रत्यक स्थानिय तहले आन्तरिक प्रतिस्पर्धाको आधारमा प्रत्येक खेलमा एक टिम वा एक खेलाडी समावेश गराउन पाउनेछ । सहभागी खेलाडीहरुलाई विहानको नास्ता , खाना र बेलुकाको खाना आयोजकको तर्फबाट उपलब्ध गराईने जनाईएको छ ।

सो प्रतियोगितामा सहभागि हुने खेलाडिको स्थायी ठेगाना सिन्धुली जिल्लामै हुनुपर्ने साथै सम्पूर्ण खेलमा उमेर हदबन्दी राखिनेछ । सिन्धुलीमा पहिलो चोटि आयोजना हुन लागेको खेलकुद महोत्सबले खेलकुदको माध्यमबाट सामुहिक भावनाको विकास गराई स्थानिय स्तरबाटै खेल र खेलाडिको विकासमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
खेलको उद्घाटनको दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विशेष सांगितिक प्रस्तुती रहने अध्यक्ष विशाल थिङले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता खेलाडिहरुलाई सिल्ड, मेडल, प्रमाणपत्रको ब्यवस्था गरिने आयोजकले जनाएको छ । प्रथम द्धितिय र तृतीय पालिका लाई सिल्ड,मेडल,प्रमाणपत्र साथमा उत्कृष्ट ट्रफी दिइने छ ।