सिन्धली – सिन्धुलीमा गाडी दुर्घटना हुदाँ एक जनाको मृत्युु भएको छ भने पाचँ जना घाइते भएका छन् । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ मा झापा बाट काठमाण्डौ तर्फ जादै गरेको बा १–०३० च ९६४२ नम्बरको यात्रुबाहक विद्युतिय गाडी (ईभी) शुक्रबार विहान दुर्घटना हुदाँ चालक को मृत्यु भएको हो ।

मृत्यु हुनेमा गाडी चालक दोलखाको गौरीशंकर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपाली रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुली उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते हुनेमा मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बू, इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, २८ वर्षीय सञ्जय रोक्का तथा झापाको बाह्रगढी गाउँपालिका–१ का २७ वर्षीय किस्कु मण्डल रहेको सिन्धुली प्रहरी उपरिक्षक काफ्लेले बताउनुभयो ।

उहाँका अनुसार उक्त ५ जना मध्ये काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ का सञ्जय रोक्कालाई थप उपचारका लागि काठमाडौं र इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङलाई थप उपचारको लागी धरान लगिएको छ ।

त्यस्तै काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल र मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको भने सिन्धुली अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।