Monday, March 24, 2025

सिन्धुलीमाढीको नीजि विद्यालय भगवतीका विद्यार्थीहरुद्धारा ‘साइन्स एक्स्पो’

सिन्धुली – सिन्धुलीमाढीमा अवस्थित नीजि विद्यालय भगवती माविका विद्यार्थीहरुले शुक्रबार विद्यालयमा साइन्स एक्स्पो गरेका छन् । विज्ञान, इन्जिनियरिङ, गणित, कलासँग सम्बन्धित सामग्रीहरु, कम्प्युटर तथा प्रविधिसँग सम्बन्धित सामग्रीहरु निर्माण गरि विद्यार्थीहरुले आफ्नै विद्यालयमा साइन्स एक्स्पो विज्ञान प्रदर्शनी २०८१ गरेका हुन् ।

कक्षा १ देखि १० सम्मका ५ सय विद्यार्थीहरुले सहभागिता जनाई आफुले निर्माण गरेका सामग्रीहरु प्रदर्शन गरेका विद्यालयका संयोजक सन्तोष श्रेष्ठले बताउनुभयो । विद्यार्थीहरुसँग भएको कला, विज्ञान सम्बन्धि ज्ञान, प्रविधि र व्यवहारिक ज्ञानलाई उजागर र प्रवद्र्धन गर्ने गराउने उद्देश्यले साइन्स एक्स्पो गराईएको श्रेष्ठले बताउनुभयो ।

१ सय ८० वटा ग्रुपले सहभागि जनाएको एक्स्पोमा प्र्रत्येक ग्रुपमा २ देखि ३ जनाको सहभागीता रहेको थियो । जसमा गणितमा दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरु, सोलार सिस्टम, सेन्सर लाईट, भुगर्भसँग सम्बन्धित ज्वालामुखी, विज्ञान सम्बन्धि रकेट, ¥याडर सिस्टम, मानव शरीरसँग सम्बन्धित मुटु तथा फोक्सोको स्वचालन तथा अन्य सामग्रीहरु निर्माण गरि प्रस्तुत गरेका थिए । यसैगरी लोप हुन लागेका सामग्रीहरु, कलातर्फ विभिन्न खालका कलाहरु प्रदर्शनीमा राखिएका थिए ।

इन्जिनियरिङ तर्फका कलाहरु, वातावरणसँग सम्बन्धित कलाहरु, राष्ट्र र राष्ट्रियता झल्काउने सामग्रीहरु समेत विद्यार्थीहरुले प्रदर्शनीमा राखेका थिए । आफुले बनाएका कला विद्यार्थीले आफै व्याख्या, विश्लेषण र प्रयोग गरेर प्रदर्शनी हेर्न उपस्थित भएका शिक्षक, अभिभावक लगायतलाई बुझाएका थिए ।

spot_img

Hot Topics

Related Articles