सिन्धुली – राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महोत्सव २०८१ को अबसरमा खेल अबधि भर एनसेल ले निशुल्क सिम वितरण गरिरहेको छ ।

फागुन ५ गते देखि १३ गते सम्म संचालित खेलकुद महोत्सवको प्रायोजक रहेको एनसेलले सिम लिन चाहने व्यक्तिहरुलाई निशुल्क सिम वितरण गरेको मार्केटिङ अफिसर शिखरमान कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार एक व्यक्तिले दुई वटा सम्म सिम लिन पाउने छन् । सिम लिनको लागि नागरिकता, आधारकार्ड, लाइसेन्स, पासवर्ट लगायतका आफ्नो पहिचान खुलाउने कुनै पनि एक कागजात लिएर सोही व्यक्ति आउनुपर्ने मार्केटिङ अफिसर कोइरालाले जानकारी दिनुभयो । खेलकुद महोत्सव अवधि भरको लागि ल्याएको यस अफरममा लिएको सिममा २० वटा एसएमएस प्याक, ६ सय एमबि डाटा, २० मिनेट टकटाइम कल लगायतका सेवाहरु लिन पाइने छ ।

विशेष अफरमा खेलकुद महोत्सव भरि बाहिर रु २ सय ५० मा पाइने एनसेलको सिम रु १ सयमा नै प्राप्त गर्न सकिने र उक्त सिममा एक हप्ताको अवधिभर अनलिमिटेड नेट तथा ५० मिनेट सम्म एनसेल–एनसेलमा फ्रिमा कल गर्न पाइने अफिसर कोइरालाले जानकारी दिनुभयो । उहाँले यो अबसर लाई नगुमाउन सबैलाई आग्रह गर्नुभएको छ ।