Monday, March 24, 2025

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न, बिहिबार बाट प्रथम खेलकुद महोत्सव २०८१ सुरु

सिन्धुली – सिन्धुलीमा सञ्चालन भइरहेको १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भएको छ । ‘राष्ट्रका लागि खेलकुद तथा स्वास्थ्यको लागि खेलकुद‘ भन्ने नाराका साथ सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव २०८१  अन्तर्गत १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

फागुन ५ गते बाट सञ्चालन भएको प्रतियोगितामा कबड्डी, भलिबल, कराँते, एथलेटिक्स, तेकवान्दो लगायतका बिधाहरुमा नगर तथा गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । बुधबार प्रतियोगिता सम्पन्न भए संगै बागमती प्रदेश उद्योग वाणिज्य तथा प्रशासन मन्त्री सुकुमाया तामाङ को प्रमुख आतिथ्यतामा विजेतालाई शिल्ड, मेडल, ट्रफि, तथा प्रमाणपत्र द्धारा पुरस्कृत गरिएको छ ।

 प्रतियोगितामा कबड्डीको छात्रा तर्फ कमलामाई नगरपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो तथा हरिहरपुरगढी र गोलन्जोर तेस्रो भएको छ भने छात्र तर्फ सुनकोशी गाउँपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो तथा कमलामाई र गोलन्जोर तेस्रो भएको छ । त्यसै गरि भलिबलमा छात्रा तर्फ कमलामाई नगरपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो र तीनपाटन गाउँपालिका तेस्रो भएको छ भने छात्र तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र तीनपाटन गाउँपालिका तेस्रो भएको छ ।

एथलेटिक्स खेल अन्तर्गत हाइजम्पमा छात्रा तर्फ कमलामाई नगरपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र मरिण गाउँपालिका तेस्रो भएको छ भने छात्र तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । लङजम्पमा छात्रा तर्फ सुनकोशी गाउँपालिका पहिलो, हरिहरपुगढी गाउँपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ भने छात्रा तर्फ तीनपाटन गाउँपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । त्रिपलजम्पमा फिक्कल गाउँपालिका पहिलो, गोलन्जोर गाउँपालिका दोस्रो र कमलामाई नगरपालिका तेस्रो भएको छ भने छात्रमा मरिण गाउँपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ । ज्याभलिङ थ्रो मा छात्रा तर्फ फिक्कल गाउँपालिका पहिलो, कमलामाई नगरपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ भने छात्र तर्फ हरिहरपुगढी गाउँपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र दुधौली नगरपालिका तेस्रो भएको छ । सटपुटमा छात्रा तर्फ फिक्कल गाउँपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो र तीनपाटन गाउँपालिका तेस्रो भएको छ भने सटपुटमा छात्र तर्फ फिक्कल गाउँपालिका पहिलो, कमलामाई नगरपालिका दोस्रो र तीनपाटन गाउँपालिका तेस्रो भएको छ । १०० मि. दौडमा छात्रा तर्फ गोलन्जोर गाउँपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र दुधौली नगरपालिका तेस्रो भएको छ भने दुधौली नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो र फिक्कल गाउँपालिका तेस्रो भएको छ ।

 २०० मि. दौडमा  छात्रा तर्फ सुनकोशी गाउँपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र दुधौली नगरपालिका तेस्रो भएको छ भने छात्र तर्फ दुधौली नगरपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र तीनपाटन गाउँपालिका तेस्रो भएको छ । ४०० मि. दौडमा छात्रा तर्फ सुनकोशी गाउँपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र तीनपाटन गाउँपालिका तेस्रो भएको छ भने छात्र तर्फ फिक्कल गाउँपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ ।

८०० मि. दौडमा छात्रा सुनकोशी गाउँपालिका पहिलो, गोलन्जोर गाउँपालिका दोस्रो र फिक्कल गाउँपालिका तेस्रो भएको छ भने छात्र तर्फ मरिण गाउँपालिका पहिलो, गोलन्जोर गाउँपालिका दोस्रो र दुधौली नगरपालिका तेस्रो भएको छ । १५०० मि. दौड तर्फ सुनकोशी गाउँपालिका पहिलो, तीनपाटन गाउँपालिका दोस्रो र दुधौली नगरपालिका तेस्रोे भएको छ भने छात्र तर्फ कमलामाई नगरपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रोे भएको छ । ३००० मि. दौडमा छात्रा फिक्कल गाउँपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ भने छात्र तर्फ फिक्कल गाउँपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो र हरिहरपुगढी गाउँपालिका तेस्रोे भएको छ । ४०० मि. रिलेमा छात्रा तर्फ दुधौली नगरपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ भने छात्र तर्फ दुधौली नगरपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ । १६०० मि. रिलेमा छात्रा तर्फ फिक्कल गाउँपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ भने छात्र तर्फ दुधौली नगरपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो कमलामाई नगरपालिका तेस्रो भएको छ ।

यसै गरि करातेमा काता महिला तर्फ कमलामाई नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र दुधौली नगरपालिका तेस्रो भएको छ भने पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ । त्यस्तै करातेको ४० के जी बाउन्डमा महिला तर्फ दुधौली नगपालिमा प्रथम, मरिण गाउँपालिका दोस्रो तथा कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । ४५ के जी बाउन्डमा महिला तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो तथा हरिहरपुरढी गाउँपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । ५० के जी बाउन्डमा महिला तर्फ हरिहरपुरगढी गाउँपालिका पहिलो, कमलामाई नगरपालिका दोस्रो तथा दुधौली नगरपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ ।  ५५ के जी बाउन्डमा महिला तर्फ मरिण गाउँपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिका तेस्रो भएको छ ।

साथै ६० के जी बाउन्डमा महिला तर्फ मरिण गाउँपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो तथा दुधौली नगरपालिका र कमलामाई नगरपालिका तेस्रो भएको छ । त्यसैगरी ४२ के जी बाउन्डमा पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, हरिहरपुरगढी गाउँपालिका दोस्रो तथा मरिण गाउँपालिका र दुधौली नगरपालिका तेस्र्रो भएको छ । ४६ के जी बाउन्डमा पुरुष तर्फ मरिण गाउँपालिका पहिलो, दुधौली गाउँपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ । ५२ के जी बाउन्डमा पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, हरिहरपुरगढी गाउँपालिका दोस्रो तथा दुधौली नगरपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । ५७ के जी बाउन्डमा पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, हरिहरपुरगढी गाउँपालिका दोस्रो तथा दुधौली नगरपालिका र मरिण गाउँपालिका तेस्रो भएको छ । साथै ६२ के जी बाउन्डमा पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ ।  

तेकवान्दो खेल अन्तर्गत पुम्सेमा छात्रा तर्फ तीनपाटन गाउँपालिका पहिलो, कमलामाई नगरपालिका दोस्रो र दुधौली नगरपालिका तेस्रो भएको छ भने छात्र तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो भएको छ । त्यसैगरि ४२ के.जी. तेक्वान्दोमा छात्रा तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र तीनपाटन गाउँपालिका तेस्रो भएको छ । ४४ के.जी. तेक्वान्दोमा छात्रा तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो भएको छ । ४६ के.जी. तेक्वान्दोमा छात्रा तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र तीनपाटन गाउँपालिका तेस्रो भएको छ । ४९ के.जी. तेक्वान्दोमा छात्रा तर्फ कमलामाई नगरपालिका पहिलो, तीनपाटन गाउँपालिका दोस्रो र दुधौली नगरपालिका तेस्रो भएको छ । ५२ के.जी. तेक्वान्दोमा छात्रा तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो भएको छ । यसैगरि ४५ के.जी. तेक्वान्दोमा छात्र तर्फ दुधौली नगरपालिका पहिलो,  कमलामाई नगरपालिका दोस्रो भएको छ । ४८ के.जी. तेक्वान्दोमा छात्र तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो भएको छ । ५१ के.जी.तेक्वान्दोमा छात्र तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो भएको छ । ५५ के.जी. तेक्वान्दोमा छात्र तर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ । ५९ के.जी. तेक्वान्दोमा छात्र तर्फ दुधौली नगरपालिका पहिलो, गोलन्जोर गाउँपालिका दोस्रो र कमलामाई नगरपालिका दास्रो भएको छ ।

त्यस्तै १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २३ स्वर्ण, ५ रजत र ७ कास्य पाएर कमलामाई नगरपालिका प्रथम हुन सफल भएको छ । यसैगरी ८ स्वर्ण २० रजत र १३ कास्य पाएर दुधौली नगरपालिका द्धित्तिय हुन भएको छ भने ८ स्वर्ण, ७ रजत र  २ कास्य पाएर तृतिय फिक्कल गाउँपालिका हुन भएको छ । साथै ६ स्वर्ण, ८ रजत, १३ कास्य पाएर सुुनकोशी गाउँपालिकाले चौथौ स्थान हासिल गरेको छ । साथै प्रतियोगितामा उत्कृष्ट भएका कमलामाई नगरपालिका, दुधौली नगरपालिका र फिक्कल गाउँपालिकालाई क्रमशः १० हजार १ सय २५ रुपैयाँ, ७ हजार १ सय २५ रुपैया, ५ हजार ६ सय २५ रुपैया नगद सहित पुरस्कृत गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव २०८१ अन्तर्गत १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भए सगै बिहिबार देखि प्रथम खेलकुद महोत्सव २०८१ सुरु हुने आयोजक टिमले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles