सिन्धुली – मोटरसाइकल संग ठोकिदाँ सिन्धुलीमा एक मृगको मृत्यु भएको छ ।

मंगलबार साझँ सिन्धुलीको कमलामाई नगरपालिका ७ बुका पुल नजिकै भिमान बाट सिन्धुली तर्फ आउँदै गरेको ज १२ प ४६६१ नम्बरकोे गुडिरहेको मोटरसाइकलमा सडक छेउबाट मृग आइ ठोकिदा मृगको घटनास्थल मै मृत्यु भएको हो ।

मोटरसाइकल चालक कमलामाई नगरपालिका ५ का ३० वर्षीय कुल नारायण श्रेष्ठ भने सामान्य घाएते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।

घटना पश्चात मृत मृग, मोटरसाइकल चालक र मोटरसाइकलमा सवार कमलामाई नगरपालिका ५ का २३ वर्षीय मनलाल श्रेष्ठलाई सिद्धेश्वर सब डिभिजन वन कार्यलय सिन्धुलीमा आवश्यक कारबाहीको लागि बुझाइएको प्रहरीले जनाएको छ ।