Monday, March 24, 2025

बिपी राजमार्गको पुनःनिर्माणको कार्य चाडैं प्रारम्भ गरिने छ – लेखक

सिन्धुली – गृहमन्त्री रमेश लेखकले बिपी राजमार्गको पुनःनिर्माणको कार्य चाडैं प्रारम्भ गरिने बताउभएको छ । मंगलबार आयोजित सिन्धुली उद्योग बाणिज्य संघको ३४ औ साधारण सभा उद्घाटन कार्यक्रममा बोल्नुहुदै गृह मन्त्री लेखकले बिपी राजमार्गमा संचालन भइरहेका सवारी साधनलाई बर्षातको समयमा पनि नरोकिने व्यवस्था मिलाउन सरकारले तयारी गरिरहेको बताउनुभएको हो ।
लेखकले अध्यादेश मार्फत सरकारले ल्याएका कानुन संसदबाट चाडै पाश हुने बताउनुभएको भएको छ । उहाँले सरकारले ल्याएका कानुन संसदबाट पाश गरे सँगै ६० दिन भित्र प्रतिस्थापन बिधेयक पनि पास गरेर कार्यन्वयनमा ल्याउने बताउनुभयो । गृहमन्त्री लेखकले सरकार ढल्ने हल्ला चलेको हुँदा कसैले पनि सरकार ढाल्ने कुरामा समय र परिश्रम खेर नफाली रचनात्मक काम गर्न तिर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।  सरकार न ढल्ने भएको हुँदा यस्ता कुराहरुमा बढी समय र परिश्रम खेर नफाल्न आग्रह गर्नुभएको हो ।
सरकारले देश र जनातका पक्षमा अग्रसर भएर काम गरिरहेको बताउदै मन्त्री लेखकले निजी क्षेत्रका लागि अनुकुल बातावरण बनाउन र खस्कदो अर्थतन्त्रलाई मजबुद बनाउन पनि सरकार लागि परेको बताउनुभयो । नेपालमा आइटीको संभावना बढेकाले नेपाली युवाले स्वदेशमा मात्र नभएर विदेशमा बसेर पनि काम गर्ने वातावण सरकारले बनाएको उहाँले बताउनुभयो । 

कार्यक्रमको अवसरमा सिन्धुली क्षेत्र नं। १ का प्रतिनिधी सभा सदस्य श्याम कुमार घिमिरेले देशमा राजनैतिक स्थिरता कायम गर्न र देशको अर्थतन्त्रलाई चलायमान बनाउन नेपाली कांग्रेस र नेकपा एमाले जस्ता बलिया शक्ति एक भएर सरकारको निर्माण भएको उहाँले बताउनुभयो । देशमा भएको बिभिन्न राजनैतिक अस्थीरताका कारण कांग्रेसको नेतृत्वले सुरु गरेको आर्थिक गतिसिलतालाई अगाडी बढाउनु नसकिएको उहाँको भनाई छ ।

त्यस्तै कार्यक्रममा सिन्धुली क्षेन नं। २ का प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनले गएको असोजमा आएको बाढीका कारण भएको क्षतीमा संघिय सरकारले पुननिर्माणमा अहिले सम्म कुनै लगानी नगरेको उहाँको भनाई छ । नेपाल सरकारले विपि राजमार्ग तुरुन्त पुननिर्माण नगरे बर्खाको समयमा सडक पूर्ण रुपमा बन्द हुने बताउदै अस्थायी पुननिर्माणको लागि भएपनि सरकारले निर्माण थाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले सिन्धुली जिल्लामा सडक संरचना, पुलहरु निर्माणको लागि ठेक्का प्रक्रिया हालसम्म पनि सुरु हुन नसकेको भन्दै  गुनासो व्यक्त गर्नुभएको छ । सुनकोशी मरिण डाइभर्सनको हेडवक्स निर्माणको काम हाल सम्म ४७ प्रतिशत हुनुपर्नेमा अहिले ७ प्रतिशत मात्रै भएकाले ठेक्का प्रक्रिया तोड्नुपर्ने, टनेल ब्रेक थ्रु गरेको यतिका समय बित्दा पनि निर्माणको काम अलपत्र परेकोमा सरकारको ध्यान जान नसकेको भन्दै ध्यानाकर्षण गराउनुभएको छ ।

कार्यक्रममा बोल्नुहुदै उद्योग संघ सम्बन्धित बिभिन्न बिधाहरु पर्ने भएकाले ब्यवसायलाई ब्यवस्थित बनाउन, संस्थागत विकासका गर्न र बिभिन्न समस्या परेका समयमा सहजिकरण गर्नको लागि बागमति प्रदेशले योजना बद्ध ढंगले अगाडी बढेको बागमति प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रि शुकुमाया तामाङले जानकारी गराउनुभयो ।

spot_img

Hot Topics

Related Articles