Monday, March 24, 2025

खेलकुद महोत्सव २०८१ आजबाट सम्पन्न, पहिलो उपाधि जित्न सफल कमलामाई नगरपालिका

सिन्धुली – प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ आजबाट समापन गरिएको छ । ‘स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रका लागि खेलकुद‘ भन्ने नाराका साथ फागुन ८ गतेबाट सञ्चालन भएको प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ को आज एक औपचारिक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

 खेलकुद महोत्सवममा फुटबल, क्रिकेट, भलिबल, कराँते, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ र तेक्वान्दो लगायतका विभिन्न विधाका खेलहरुमा जिल्लाका ९ वटै पालिका विच प्रतिस्पर्धा भएको थियो ।  जसमा एथलेटिक्स तर्फ २ स्वर्ण, कराँते तर्फ १३ स्वर्ण, ५ रजत, २ कास्यपदक, तेक्वान्दो तर्फ १३ स्वर्ण २ रजत, २ कास्यपदक त्यस्तै भलिबल तर्फ १ स्वर्ण, १ रजत, ब्याडमिन्टन तर्फ १ स्वर्ण, ३ रजत र फुटबल तर्फ १ रजत गरि समग्रमा ३० स्वर्ण,  १२ रजत र ४ कास्यपदक प्राप्त गरी कमलामाई नगरपालिकाले पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

यसैगरी तेक्वान्दो तर्फ ३ स्वर्ण, ४ रजत, ३ कास्यपदक, भलिबल तर्फ १ स्वर्ण, १ रजत त्यस्तै ब्याडमिन्टन तर्फ २ स्वर्ण गरि समग्रमा ६ स्वर्ण, ५ रजत र ३ कास्यपदक प्राप्त गरि तीनपाटन गाउँपालिका दोस्रो भएको छ । साथै कराँतेमा ५ स्वर्ण, ३ रजत, ९ कास्यपदक र फुटबलमा १ स्वर्ण गरि समग्रमा ६ स्वर्ण, ३ रजत र ९ कास्यपदक प्राप्त गरि हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ ।

जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सवमा सञ्चालन भएका विभिन्न विधाका प्रतियोगितामा जिल्लाका १ हजार ३ सय ३३ खेलाडीहरु को सहभागिता रहेको थियो । फागुन ५ गतेबाट सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ७ गते समापन भए लगतै फागुन ८ गतेबाट जिल्ला मै पहिलो पटक सञ्चालन गरिएको प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव १३ गते मंगलबार प्रतियोगितामा विजेता खेलाडीहरु लाई पुरस्कार वितरण गर्दै सम्पन्न गरिएको छ ।

खेलकुद महोत्सव समापन संगै सकृय सहभागिहरुलाई शुभकामना दिनुहुदै प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले खेलकुद बिकास तथा प्रवर्धन एवम्  खेलकुद प्रतियोगिता तथा खेलकुद महोत्सवलाई हरेक वर्ष निरन्तरता दिन आवश्यक परे सम्म संघिय तथा प्रदेश सरकार समक्ष बजेट व्यवस्थापन गर्न नेतृत्व साथै पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो  । यस खेलकुद प्रतियोगिता तथा खेल महोत्सवबाट खेल प्रेमी खेलाडीहरुमा थप उर्जाका साथै आत्मा विश्वास र प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि भएको विश्वास व्यक्त गर्नुभयो । सांसद दाहालले आउने दिनहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा नेतृत्व गर्नका लागि जिल्लाका खेलाडीहरु थप उर्जाका साथ अगाडी बढ्नुपर्ने बताउनुभयो ।

खेलकुद महोत्सव समापन समारोहमा विभिन्न विधाका खेलहरुमा प्रतिस्पर्धा गरि विजेता तथा उपविजेता खेलाडीहरुलाई शिल्ड, मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिएको छ । साथै खेलकुद महोत्सवलाई सफल बनाउन विभिन्न तवरमा सहयोग गर्ने संघ संस्थाहरु तथा व्यक्तिहरु, खेलअवधिभर खेलकुदस्थमै खटिई खेल सम्बन्धि जानकारी तथा सुचना सम्प्रेषण गर्ने विभिन्न मिडियाका सञ्चारकर्मीहरुलाई कदर पत्र सहित सम्मान गरिएको छ ।

spot_img

Hot Topics

Related Articles