सिन्धुली – प्रथम जिल्ला खेलकुद महोत्सव २०८१ अन्तर्गत पाचौँ दिन विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । फागुन ८ गतेबाट सञ्चालन भएको खेल महोत्सवको पाचौँ दिन विभिन्न पालिका विच भएको प्रतिस्पर्धामा एथलेटिक्स, भलिबल र फुटबल लगायतका खेलहरु सम्पन्न भएको हो ।

खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको एथलेटिक्स अन्तर्गत ३००० मि. दौडमा पुरुष तर्फ भएको प्रतिस्पर्धामा कमलामाई नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । त्यसैगरि ३००० मि. दौडमा महिला तर्फ कमलामाई नगरपालिका र मरिण गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा कमलामाई नगरपालिका पहिलो र मरिण गाउँपालिका दोस्रो भएको छ ।

यसैगरी खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जसमा भलिबलमा पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, तीनपाटन गाउँपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । बेस्ट प्लेयर्स टु टुर्नामेन्टको उपाधी कमलामाई नगरपालिकाका जर्सी नम्बर ७ का सरोज हायुले पाएका छन् । यसैगरी भलिबलमा महिला तर्फ तीनपाटन गाउँपालिका पहिलो, कमलामाई नगरपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । जसमा बेस्ट प्लेयर्स टु टुर्नामेन्टको उपाधी तीनपाटन गाउँपालिकाका जर्सी नम्बर ७ का यशोधा श्रेष्ठले पाएका छन् ।

त्यस्तै फुटबलमा महिला तर्फ हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा २–० को अन्तरमा मरिण गाउँपालिकालाई पछि पार्दै हरिहरपुरगढी गाउँपालिका पहिलो भएको छ । साथै पुरुष तर्फ फुटबलमा कमलामाई नगरपालिका र हरिहरपुरगढी गाउँपालिका बिच फाइनल खेल भोली हुने आयोजक टिमले बताएका छन् ।

‘स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रका लागि खेलकुद‘ भन्ने नाराका साथ फागुन ८ गते देखि सुरु भएको खेलकुद महोत्सव फागुन १३ गते अर्थात भोली समापन हुने छ । खेलकुद महोत्सवमा फुटबल, क्रिकेट, कराँते, एथलेटिक्सस लागायतका खेलहरु भएका छन् । जसमा ९ वटै पालिकाका खेलाडीहरू सहभागी भएका थिए ।