सिन्धुली – प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सबको दोस्रो दिन क्रिकेट र फुटबल खेल सञ्चालन भएको छ ।

शुक्रबार भएको क्रिकेट खेलमा मरिण गाउँपालिकालाई १५५ रनको विशाल अन्तरले हराउँदै तीनपाटन गाउँपालिका फाइनलमा प्रवेश गरेको छ । जसमा पहिलो ब्याटिङ गर्दै तीनपाटन गाउँपालिकाले २० ओभरमा ३ विकेट गुमाएर २४५ रन को विशाल टार्गेट सेट गरेको थियो ।

उक्त टार्गेट पूरा गर्ने क्रममा मरीण गाउँपालिकाले १७।४ बलमा १० विकेट गुमाउँदै ९० रन मात्र बनाएको थियो । यस प्रतियोगिताबाट तिनपाटन गाउँपालिका फाइनल प्रवेश गरेका छ । फाइनलमा तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिका बीच प्रतिस्पर्धा हुने छ ।

यसैगरि खेलकुद महोत्सवको दोस्रो दिन जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको प्रमुख आतिथ्यतामा दुधौली नगरपालिका र सुनकोशी गाउँपालिका विच फुटबल प्रतियोगिता सञ्चालन भएको छ । शुक्रबार दुधौली नगरपालिका र सुनकोशी गाउँपालिका बीच भएको प्रतियोगितामा ३–० गोलको अन्तरले दुधौली नगरपालिकाले जीत हासिल गरेको छ । यस जीत सँगै दुधौली नगरपालिका सेमिफाइनल प्रवेश गरेको छ । भोली बिहान ७ बजे बाट खेलहरु सञ्चालन हुने आयोजक टिमले जानकारी दिएको छ । आयोजक टिमका अनुसार भोली बिहान ७ बजे बाट खेलहरु सञ्चालन हुने छन् ।

‘राष्ट्रका लागि खेलकुद तथा स्वास्थ्यको लागि खेलकुद‘ भन्ने नाराका साथ सुरु भएको खेलकुद महोत्सव ८ गते देखि १३ गते सम्म सञ्चालन हुने छ । खेलकुद महोत्सवमा फुटबल, क्रिकेट, ब्याडमिन्टन, म्याराथन र बक्सिङ लागायतका खेलहरु हुने छन् । जसमा ९ ओटै पालिकाका खेलाडीहरू सहभागी हुनेछन् ।